नवलपरासी । कावासोती नगरपालिका-१५ मुसहर टोल बस्ने १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका-११ बस्ने २६ वर्षीय आशाराम माझीलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई माझीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कल्हुवाबाट खटिएको प्रहरीले माझीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







