२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकसँग गरिएका प्रतिबद्धा पूरा गर्छौं : नेता रावल

अ+ अ-

डोटी । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलले नगारिकसँग विगतमा गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ घोल्ताडा तथा वडा नं ४ पिपल्ला जोड्ने झोलुङ्गे पुल शिलान्यासका लागि यहाँ आइपुगेका उनले पत्रकारसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।

नेकपाका सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहेका नेता रावलले भने, ‘हामीले जे गर्छौं भनेका थियौँ ती सबै पूरा गरेरै छोड्छौँ ।’ स्थानीय तहको निर्वाचनका क्रममा दिपायल सिलगढी नगरपालिका–५ घोल्तडामा पनि विगतमा गरिएको प्रतिबद्धता स्वरुप भूमिगत खानेपानी आयोजना निर्माण र झोलुङ्गे पुल निर्माण गर्न लागिएको उनको भनाइ थियो ।

प्रादेशिक भौतिक पूर्वाधार मन्त्रालयको रु ५७ लाख ३१ हजार ४११ को लागतमा बन्न लागेको उक्त पुलले जिल्लाको पिपल्ला बजार, घोल्ताडा, रातुली तथा पाकरी गाउँ जोड्ने स्थानीयवासी टीकासिंह भण्डारीले जानकारी दिए ।

उनले भने, ‘पुल नहुँदा यहाँका चार गाउँका बासिन्दालाई ओहोर–दोहोर गर्न निकै समस्या थियो।’ नेता रावलले सार्वजनिक यातायातका लागि दिपायल सिलगढी नगरपालिकाले किनेको नयाँ नगर बस पनि शुभारम्भ गरे ।

नयाँ बस दिपायल सिलगढी नगर क्षेत्रभित्र सञ्चालन गरिने भएका छन् । दुईवटा बसलेमात्र यात्रुको चाप थेग्न नसकेका कारण थप नयाँ बस ल्याइएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताए । रासस