२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकार सङ्कुचित गर्न लागेको भन्दै आयोगको चिन्ता

अ+ अ-

राष्ट्रिय मानव अधिकार आयोगले ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक’ मा भएका केही प्रावधानले आयोगका अधिकार सङ्कुचित हुने भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा आयोगका पदाधिकारीहरुले सरकारले ऐनमा गरेको संशोधनको प्रस्तावले आयोगको स्वतन्त्रता र स्वायत्तता सङ्कुचन हुने भन्दै गुनासो गरे ।

बैठकमा आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग पेरिस सिद्धान्तअनुसार स्वतन्त्र र स्वायत्त हुनुपर्ने भन्दै संविधानले पनि आयोगका सिफारिश बाध्यकारी हुने व्यवस्था गरेको अवगत गराए । उनले सरकारले ऐनमा संशोधनका लागि आफूहरुसँग सुझाव मागे पनि ती कुनै पनि विषय प्रस्तावित विधेयकमा उल्लेख नभएको गुनासो गरे । साथै उनले आयोग सरकारप्रति नभई संसद्प्रति जवाफदेही भएको संवैधानिक व्यवस्थाका बारेमा स्पष्ट पारे ।

आयोगका सदस्य प्रकाश वस्तीले आयोगका सिफारिश १३ प्रतिशत मात्र कार्यान्वयन भएको जानकारी गराउँदै ऐनको प्रस्तावित संशोधनमा पुनःविचार गर्न सरकारलाई आग्रह गरे । आयोगका अर्का सदस्य मोहना अन्सारीले प्रस्तावित संशोधनले आयोगको आर्थिक स्वतन्त्रता र अन्तराष्ट्रिय सन्धि सम्झौताअनुसार अनुगमन गर्ने अधिकार सङ्कुचन हुने भन्दै चिन्ता व्यक्त गरे ।

अर्का सदस्य गोविन्द शर्मा पौडेलले सरकारकै आग्रहमा आयोगले तीन महले संशोधनको सुझाव दिए पनि तीन वर्षसम्म केही नभएको र अहिले एक्कासि सरकारका तर्फबाट एकतर्फी विधेयक आएको बताए । साथै उनले संशोधनका सम्बन्धमा अन्तर्राष्ट्रिय मूल्यमान्यताअनुसार प्रश्न उठे सरकारले जवाफ दिनुपर्ने बताए ।

बैठकमा आयोगका पदाधिकारीका गुनासा सुनेपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आयोगको भनाइप्रति सरकार गम्भीर रहेको बताउँदै विधेयक विधिपूर्वक ल्याइएको जानकारी गराए ।

साथै उनले कसैले विज्ञप्ति निकाल्दैमा फिर्ता लिने मनसायले विधेयक दर्ता नगरेको उल्लेख गर्दै संशोधन पूर्ण बनाउन सरकार तयार रहेको बताए । मन्त्री ढकालले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सहमतिमा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगका काम अघि बढेको स्पष्ट पारे।

बैठकमा समिति सभापति कृष्णभक्त पोखरेलले विधेयक सम्बन्धमा समितिको ध्यानाकर्षण भएको बताउँदै संविधानको मूल मर्म विपरीत विधेयक पारित नहुने भएकाले अहिले नै चिन्ता गर्न नहुने धारणा व्यक्त गरे । बैठकमा सांसदहरुले मानवाधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई ख्याल गर्दै आयोगको स्वतन्त्रता र स्वायत्तता सङ्कुचन हुने गरी कुनै पनि क्रियाकलाप हुन नहुनेमा जोड दिएका थिए ।