२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोबाइल अस्पताल सञ्चालन हुने

अ+ अ-

तनहुँ । तनहुँको दमौली अस्पतालले मोबाइल अस्पताल सेवा सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा दमौली अस्पतालले सो सेवा सञ्चालन गर्न लागेको हो ।

सेवा सञ्चालनका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र दमौली अस्पतालबीच सम्झौता भइसकेको छ । मोबाइल अस्पताल सेवा सञ्चालनको लागि मन्त्रालयले दमौली अस्पताललाई रु ५० लाख उपलब्ध गराउने भएको छ ।

उक्त रकम पहिलो चरणमा सुविधा सम्पन्न एम्बुलेन्स, विभिन्न उपकरण खरीद गर्ने र अन्य प्राविधिक क्षेत्रमा खर्च गरिने दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशले मोबाइल अस्पताल सेवा दमौली अस्पतालसहित स्याङ्जाको वालिङ स्वास्थ्यचौकी र पर्वतको डिमुवा स्वास्थ्यचौकीमा पनि सञ्चालन गर्न लागेको छ । लामो राजमार्ग भएका जिल्लाको केन्द्रमा रहेका अस्पतालमा पहिलो पटक मोबाइल अस्पताल सेवा सञ्चालन गरिन लागिएको हो ।

विशेष गरी राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल घटनास्थलमा नै पुगेर दक्ष चिकित्सकसहितको उपचार सेवा दिन उक्त सेवा सञ्चलान गर्न लागिएको दमौली अस्पताल व्यवस्थापन समितिका सदस्य नरेन्द्र ढकालले जानकारी दिए ।

तनहुँको मुग्लिनदेखि कास्कीको सिमाना कोत्रेसम्म ७२ किलोमिटर लामो पृथ्वीराजमार्ग रहेको छ । उक्त राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने र दुर्घटनाका घाइतेलाई अस्पतालसम्म ल्याउन समस्या हुने भएको कारण दुर्घटनाको सूूचना पाउनासाथ सबै प्रविधि र औषधिसमेत पर्याप्त भएको एम्बुलेन्समा जडित मोबाइल अस्पताल सेवा दुर्घटनास्थलमा पुगी त्यही नै घाइतेको उपचार गर्ने र त्यहीबाट नै सम्बन्धित अस्पतालमा पठाइनेसमेत व्यवस्था मिलाइने सदस्य ढकालले बताए ।

मोबाइल अस्पतालको लागि एम्बुलेन्स खरीद प्रक्रिया शुरु भइसकेको र अब केही दिनमै उक्त सेवा सञ्चालन गरिने ढकालले जानकारी दिए। मोबाइल अस्पताल सेवा सवारी दुर्घटनाको लागि मात्र नभएर अन्य प्राकृतिक विपत्ति र माहामारीजन्य रोगको उपचारको रुपमा पनि प्रयोग गर्न सकिने दमौली अस्पतालले जनाएको छ । सो सेवाको लागि एक जना डाक्टरसहित अन्य सहयोगी चौबीसैँ घण्टा तयारी अवस्थामा रहनेछन् ।