२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीको राजधानीमै खानेपानीको सङ्कट

अ+ अ-

सुर्खेत । वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा काकाकूल बन्दै गएका छन् । मन्त्री तथा सरकारी अधिकारीका निवासमा यो समस्या छ । यही चैत्र १५ गते नेपाल गुणस्तर तथा नापतौल विभाग सुर्खेत कार्यालयले मापदण्डविपरीत सञ्चालन भएको कारण देखाउँदै यहाँका दुई पिउने पानी उद्योगमा सिलबन्दी गरेपछि यो समस्या झनै चुलिएको छ ।

कार्यालयका खाद्य निरीक्षक भेषबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि र देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिमा सिलबन्दी गरेयता जार र बोतलमा आउने पानी बजारमा अभाव हुँदै गएको हो । “बजारमा पानी अभाव हुँदै जाँदा बाहिरबाट आउने पानी व्यापारीले महङ्गोमा पानी बिक्री वितरण गर्ने गरेका छन्”, स्थानीयबासी दुर्गा बमले भने, “२० मा पाइने बोतलको पानी अहिले ३०÷३५ मा किन्नुपरेको छ ।” शुद्ध पानीभन्दा पनि पानीमात्रै जोहो कसरी गर्ने भन्ने चिन्ता वीरेन्द्रनगरवासीमा बढ्न थालेको उनको भनाइ छ ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले अहिलेको विकासको तरिका र दिनहुँ बढ्दै गएको खडेरीले वीरेन्द्रनगरमा पानीको हाहाकार बढेको जानकारी दिए । “खडेरीले एकातिर पानीको मूल सुक्दै जाँदा आपूर्तिमा कमी आएको छ भने अर्कोतिर यहाँ बसाइँसराइका लागि आउनेको सङ्ख्या दैनिक वृद्धि हुँदै गएकाले झनै खानेपानीको सङ्कट बढेको हो ”, अध्यक्ष देवकोटाले भने।

झुप्रा, इत्राम, खोर्के, खरी तथा बरीखोलाका साथै बुलबुले तालबाट पानी आपूर्ति गर्दा त्यहाँ पनि पानी अपुग भएकाले खानेपानीको समस्या समधानका लागि राजधानीमा दीर्घकालीन योजना निर्माणमा स्थानीय तथा प्रदेश सरकारको चासो देखाउनुपर्नेमा उनले जोड दिए ।

संस्थाका इञ्जिनीयर बालाराम तिवारीले सामान्यतयाः प्रतिसेकेण्ड १४५ लिटर आउने पानी खडेरीका कारण ९६ लिटरमा झरेपछि यो समस्यामा आएको बताए । “वीरेन्द्रनगरमा १७ हजार धारा जडान गरिएको छ र पाँच हजार धारा जडानका लागि तयारीमा छन्”, इञ्जिनीयर तिवारीले भन्नुभयो, “३३ हजार घरधुरीका लागि एक वर्षअघि ती धारा जडान गरिएका थिए ।”

गत वर्षको तथ्याङ्कअनुसार वीरेन्द्रनगरमा खानेपानी उपभोग गर्ने एक लाख ८१ हजार जनसङ्ख्या रहेको जानकारी दिँदै उनले भने “यसका लागि प्रतिसेकेण्ड १७८.५ लिटर पानी आवश्यक हुन्छ तर खडेरीले ८२ लिटर प्रतिसेकेण्ड पानीे कम भएको छ भने खानेपानी उपभोग गर्ने सङ्ख्या करीब दुई लाख पुग्दैछ ।”

इन्जिनियर तिवारीका अनुसार खानेपानी उपभोक्तामा दैनिक एक करोड ५४ लाख २२ हजार ४०० लिटर पानी जानुपर्दछ तर आजभोलि दैनिक ८२ लाख ९४ हजार ४०० लिटर पानी मात्र जान्छ । यसलाई केलाउँदा ४६ प्रतिशत अर्थात् ७१ लाख २८ हजार लिटर पानी अहिले पनि वीरेन्द्रनगरमा अभाव रहेको संस्थाले जनाएको छ ।

तत्कालको समस्या समधानका लागि खानेपानी तथा सरसफाइ डिभिजन सुर्खेत कार्यालयले सुर्खेत रतु दुन्दुरे खोलाबाट प्रतिसकेण्ड २० लिटर पानी ल्याउन डिपिआर तयार गरी बोलपत्रको प्रक्रियामा रहेको र भेरीको पानी ल्याउन पनि डिपिआर तयार भइसकेको जनाएको छ ।

बढ्दो शहरीकरणले वीरेन्द्रनगरको खानेपानीमा भएको सङ्कट समाधानको एकमात्र विकल्प भेरी नदीको पानी लिफ्टिङ परियोजना जतिसक्दो छिटो निर्माण गरेर सञ्चालनमा ल्याउनु हो । यसबाट प्रतिसेकेण्ड ३८० लिटर पानी ल्याउने दीर्घकालीन योजना निर्माणका लागि दुई अर्ब ९२ करोड बजेट लाग्ने अनुमान गरिएको छ।

स्थानीयवासीको साहारा बन्दै बुलबुले ताल

जार, बोतल, गाग्री, ग्यालिन र ड्रम लिएर यहाँका बासिन्दा बुलबुले तालबाट खानेपानीको जोहो गर्न थालेका छन् । खडेरीकै कारण तालको पानीसमेत घटेको छ । नुहाउने, कपडा धुने, खानेपानी ल्याउनेको भीडले बुलबुले तालमा दैनिक मानिसको मेला लागेजस्तै हुन्छ । पानीको सङ्कट समधान गर्न यहाँ बसोबास गर्ने बासिन्दाका लागि बुलबुले मुख्य साहारा भएको छ ।

राजधानीजस्तो शहरमा पानी नआउँदा शौच गर्न, हातमुख धुन र सरसफाइ गर्न समस्या भएकाले शौचालयसहित यहाँको वरिपरिको वातावरण दुर्गन्धित बन्दै गएको स्थानीयवासी आनन्द विष्टले गुनासो गरे ।

सुर्खेतकै चिसापानीस्थित ढुङ्गेधारामा पनि पानी भर्नेको दैनिक लाइन लाग्ने गर्दछ । यहाँका बासिन्दाले पानी भर्न पाउँदा युद्ध जितेको महसुस गर्न थालेका छन् । स्थानीय समाजसेवी नन्दबहादुर भण्डारीले भने, “पानीमा विश्वको दोस्रो धनी देश भनिएको नेपालमा बस्ने नेपाली पानीकै तिर्खाले व्याकुल हुनु निकै ठूलो बिडम्बना हो ।”