२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले भने : ‘नानो स्याटलाइट’ ओलीको होइन मेरो हो

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नानो स्याटेलाइट आफ्नो पालामा सुरु भएको बताएका छन् । उनले नानो स्याटेलाइट ओलीको नभई आफ्नो नेतृत्वको सरकारको पालामा सुरु भएका बताएक हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथि आइतबारबाट संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले त्यस्ता कार्यक्रमहरुको फेहरिस्ता प्रस्तुत गरेका छन् । आफ्नो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको प्रतिभालाई प्रोत्साहन गर्न नानो स्याटलाइट परियोजना सुरु गरेको भन्दै ओली सरकारले आफैंले नेपाललाई अन्तरिक्ष युगमा पुर्‍याएको बकम्फुसे दाबी गरेको बताएका छन् ।

कांग्रेस सभापति देउवाले आफ्नो पालामा ल्याएको सामाजिक सुरक्षा ऐन पनि आफ्नो पालामा ल्याएको बताएका छन् । भेरी बबई डाइभर्सन परियोजना कांग्रेस सरकारकै पालामा सुरु भएको उनको दाबी छ ।

सभापति देउवाले गत वर्ष ५ वर्षभित्र कोही पनि नेपाली विदेश जानुपर्दैन भनेको सरकारले यो वर्ष थप ५ लाख रोजगारी सिर्जना गर्छु भनेको भन्दै कति रोजगारी सिर्जना भयो र कति विदेशिन परेन भन्नेबारे मुलक अनविज्ञ रहेको बताए ।

गतवर्ष तामझामका साथ सुरु गरिएको प्रधानमन्त्री रोजगार योजनाले अहिलेसम्म एउटा पनि रोजगारी सिर्जना गर्न नसकेको उनको दाबी छ ।

उनले छिमेकी देशहरुसँग रेल, सडक र हवाइमार्गबाट जोड्नुपर्ने तर, लहडमा नभइ प्राथमिकता र प्रतिफलका आधारमा आयोजना छनोट गर्नुपर्ने बताए ।

उनले सरकारको नीति तथा कार्यक्रम आधारहीन र तयारी विनाको रहेको बताए ।