२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीको सुनौलो भविष्यका लागि काम गर्न जरुरी छ : नेता पौडेल

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सुनौलो भविष्यका लागि समयबद्ध तालिकाअनुसार काम गर्न जरुरी भएको बताएका छन् ।

कांग्रेस पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनको १३ औँ दिनमा पार्टी केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलि शोकसभामा उनले समयमा पार्टीका सबै तहको अधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।

नेता पौडेलले कांग्रेसलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि स्व नेता ताम्राकारको जस्तो विचार, सोच र योगदानलाई अनुसरण गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने विचार व्यक्त गरे ।

नेता पौडेलले भने, ‘पार्टीका सबै सङ्गठनका समस्या नयाँ ढङ्गले समाधान गरी अघि बढ्नुपर्छ, नयाँ शुरुआत गरेर पार्टीलाई सबल बनाएर कांग्रेसले विकल्प दिनुपर्छ ।’ जनताले कस्तो कांग्रेस हेर्न चाहेका छन् त्यस्तो पार्टी बनाउन सबै लाग्न उनले आग्रह गरे ।

‘अबको १/२ वर्षमा स्थानीय निर्वाचन शुरु हुन्छ, त्यसपछि राष्ट्रिय निर्वाचन हुन्छ, त्यसको सामना गर्न अहिलेदेखि नै तयारी गर्नुपर्छ’, नेता पोडेलले उल्लेख गरे । त्यसका लागि कार्यकर्तालाई प्रशिक्षण गरी मूल्याङ्कन गर्नुपर्ने र उचित व्यक्तिलाई उचित स्थानमा जिम्मेवारी दिएर काम गर्नुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले पार्टी एकता र सुदृढीकरणमा स्व नेता ताम्राकारको योगदानको स्मरण गर्दै उनी दूरदर्शी राजनीतिकार भएको बताए ।

फरक प्रसङ्गमा उपसभापति निधिले संविधानको पूर्ण कार्यान्वयन एवं राजनीतिक प्रणालीको पूर्णताका लागि कांग्रेसले जिम्मेवारीपूर्वक अगुवाइ गर्नुपर्ने र त्यसका लागि पार्टीको आन्तरिक एकता बलियो बनाउन आवश्यक रहेको बताए ।

पार्टीका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले स्व नेता ताम्राकारले विगतमा पार्टी विभाजनका बेला एकताका लागि गरेको योगदानको स्मरण गर्दै उनका सोच, धारणा र योगदानलाई आत्मसात् गरी अघि बढ्नसके उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गरे ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमन्त्री एवं पार्टीका नेता डा रामशरण महत, केन्द्रीय सदस्य मीन विश्वकर्मा, पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहाल, काठमाडौँ कांग्रेस जिल्ला कार्यसमितिका सभापति कृष्ण सबुज बाँनियालगायतले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अटल, आस्था र समर्पणभाव राख्ने नेता ताम्राकारको निधनले कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका थिए ।

पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका नेता ताम्राकारको यही वैशाख १० गते उपचारका क्रममा निधन भएको थियो । स्व नेता ताम्राकारले पार्टीका संस्थापक नेताहरु बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवन पर्यन्त क्रियाशील रहेका थिए ।

राजनीतिक जीवनबाहेक पनि स्व नेता ताम्राकारले शान्ति, बुद्ध दर्शन, विभिन्न स्थानमा गुम्बा, मठमन्दिर निर्माण कार्यमा पनि विशिष्ट योगदान पुर्‍याएका थिए ।रासस