२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसईईको प्रश्नपत्र आउट गर्ने दुई प्रहरी कारागार चलान

अ+ अ-

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाअगावै प्रश्नपत्र आउट गर्ने दुई जना प्रहरी जवान पुर्पक्षका लगि कारागार चलान गरिएका छन् । अदालतले ६ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

सिरहा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय व्रह्मदेव यादव र दीपेन्द्र मण्डललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।

इलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत रहेका बेला दुवै जनाले प्रश्न पत्र आउट गराएका थिए ।

दुई जनालाई १ लाख ५० हजार र चार जनालाई १ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न पनि जिल्ला अदालत, सिरहाले आदेश दिएको छ ।

उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका १० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा राजविराज १६ निवासी शिक्षक मनोज यादव, सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका १ निवासी १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र ताराकान्त इसरलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र प्रहरी जवानद्वय यादव र मण्डलमार्फत परीक्षाअगावै सार्वजनिक भएको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो । यी दुवैले इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट प्रश्न पत्र निकालेर फोटो खिची ब्रहमदेवले इमोमार्फत आफ्नो दाइ विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो । भाइ व्रह्मदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत शिक्षक मनोजलाई पठाएका थिए । त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।

पक्राउ परेकालाई प्रहरीले सरकारी लिखत कीर्ते र परीक्षा मर्यादाविपरीत कार्यसम्बन्धी मुद्दा चलाएको छ ।