२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गोरखापत्र’ परिमार्जन गरिने

अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताएका छन् ।

‘गोरखापत्र’ प्रकाशन ११९ औँ वर्षमा प्रवेश, गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सव तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसका उपलक्ष्यमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाहका लागि आमसञ्चार माध्यमसँग आग्रह गरे ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले विभिन्न चुनौतीका बीच सरकारले जनताको आकाङ्क्षानुसार काम गर्दै आएको र आगामी दिनमा समेत प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले सरकारले यस वर्ष नेपाली पत्रकारिताको धरोहर ‘गोरखापत्र’लाई नयाँ परिवर्तनको वर्षका रुपमा अगाडि बढाउने योजना बनाएको छ भन्दै जिम्मेवारीका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

‘गोरखापत्रमा पछिल्लो समयमा हिजोका दिनमा भन्दा सुधार आएको छ तर अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता छ, निरन्तरताको क्रमभङ्गता ‘गोरखापत्र’को आवश्यकता हो, त्यसका लागि कामप्रति जिम्मेवार हुनुहोस्, गलत गर्नेलाई कुनै पनि हालतमा छाडिने छैन’, मन्त्री बाँस्कोटाले भने ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले ‘गोरखापत्र’ बलियो भयो भने राज्य बलियो हुने र राज्य बलियो भयो भने ‘गोरखापत्र’ बलियो हुनेछ भन्दै आफू यसका संस्थानका प्रकाशन स्तरीय बनाउनेतर्फ अभिप्रेरित भएको बताए।

‘गोरखापत्र’का प्रधानसम्पादक श्रीओम श्रेष्ठले गोरखापत्रलाई परिमार्जन गर्दै गुणस्तर र विषयवस्तुमा ध्यान दिई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

‘गोरखापत्र’ले ‘गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार’ पुण्य पौडेल (कास्की) लाई प्रदान गरेको छ । पुरस्कारको राशि रु ५५ हजार ५५५ छ । त्यसैगरी ब्रदर बुक्स प्रकाशन, जनज्योति पुस्तक पसल र विपीन जनरल स्टोर्सलाई संस्थानका प्रकाशन बढी बिक्री गर्ने बिक्रेताका रुपमा सम्मान गरेको छ ।

प्रकाशनमा सबैभन्दा बढी विज्ञापन कारोवार गर्ने विज्ञापन एजेन्सी भेराइटिज कन्सल्टिङ नेटवर्क प्रालि, कलश एडभरटाइजिङ सर्भिस प्रालि र जोइन मिडिया हाउस प्रालिलाई समेत सम्मान गरिएको छ ।

नेपाली भाषाको पहिलो अखबारका रुपमा परिचित ‘गोरखापत्र’ विसं १९५८ वैशाख २४ गतेदेखि निरन्तर प्रकाशनमा छ । गोरखापत्र प्रकाशनको दिनलाई स्मरण गर्दै सरकारले चार वर्षदेखि राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै आएको छ ।

अहिले गोरखापत्रमा ३८ भाषाका सामग्री प्रकाशन हुने गरेको छ भने अङ्ग्रेजी भाषामा दैनिक ‘द राइजिङ नेपाल’, साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’, बालबालिकाका लागि मासिक ‘मुना’ र युवाहरुका लागि मासिक ‘युवा मञ्च’ पत्रिका तथा सामयिक रुपमा केही बेला बेलामा केही प्रकाशन गर्ने गरेको छ ।