२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुस्तीमा सुदूरपश्चिमको सफलता

अ+ अ-

भीमदत्तनगर । दश वर्षदेखि कञ्चनपुरमा करार जागीरमा रहेर कुस्ती खेल प्रशिक्षक रहेका राजेन्द्र चन्द खेलाडी हुँदा पनि छोटो समयमै दक्षता प्रदर्शनमा सफल कहलिएका थिए । विसं २०५२ देखि फुटबल खेलबाट खेलकूदमा प्रदेश गरेका चन्द सात वर्षपछि कुस्ती खेलमा आबद्ध भए ।

विसं २०५८ मा भएको जुनियर राष्ट्रिय फुटबलसमेत खेलेका चन्दले कुनै घटना विशेषले उहाँलाई कुस्तीतर्फ डोर्‍यायो । विभिन्न चरण पार गर्दै २०५८ सालमै पहिलोपटक नवौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) का लागि छनोट प्रतियोगितामा रजत पदक जितेका चन्दले साफ खेलकूद प्राविधिक कारणले सरेपछि सोही छनोट पुनः२०६० सालमा भाग लिन पुगेको बताउँछन् ।

“दोस्रो पटकको साफ छनोटमा ५५ केजीतौल समूहमा स्वर्ण जिते ।” उनले भने, “दुई महीनाको बन्द प्रशिक्षणपछि साफ खेल्न पाकिस्तान पुगे पनि त्यो सहभागिता मात्रै बन्न पुग्यो ।” पहाडीया मूलबाट पहिलोपटक साफ खेल्न पाकिस्तान पुगेको भन्दै उहाँले नेपालमा कुस्तीमा मधेशी मूलका खेलाडीको बाहुल्यता रहेको बताए ।

भारतको पटियालामा कुस्ती खेलमा डिप्लोमा कोर्स गरेर फर्किएपछि २०६५ सालमा कञ्चनपुरमा करार सहायक प्रशिक्षकमा नियुक्त हुनुभएका चन्दको निरन्तरको प्रशिक्षणकै परिणम हिजोआज हुने कुस्तीका प्रतियोगितामा देखिन थालेको छ । “कवर्डहलमा हामीलाई खेलाउन हलसमेत छैन ।” करीब २०० भन्दा बढी खेलाडी उत्पादन गरिसकेका चन्दले भने, “खेलकूद सामग्री त धेरै टाढाको विषय भइगयो ।”

उनले कुस्तीमा कञ्चनपुर मुलुककै अब्बल सावित भए पनि खेल सामग्रीमा ‘म्याट’ बाहेक अरु केही नभएको गुनासो पोखे । “निरन्तर प्रशिक्षणमा महिला तथा पुरुष गरी ४२ खेलाडी छन् ।” उनले भने, “हलमा १२/१४ भन्दा बढी अट्दैनन् ।” कुस्ती खेलका चन्द सुदूरपश्चिम प्रदेशका एक्ला प्रशिक्षक हुन् ।

सुदूरपश्चिम कुस्ती खेलाडी उत्पादनको उच्च सम्भावना रहे पनि राज्यको ध्यान नपुगेको उनको भनाइ छ । २०६२ र ०६५ सालमा भएका राष्ट्रिय कुस्तीमा पदकधारी चन्दले कुस्तीमा भएको विभेदकै कारण प्रतिस्पर्धामा उत्रिन छाडेको विगत सुनाए ।

हाल सुदूरपश्चिममा कुस्तीका लागि दक्ष एवं सबै प्रक्रिया पुगेका अन्तर्राष्ट्रियस्तरका अग्रज खेलाडी रहे पनि यहाँ प्रशिक्षक थप्ने कुनै चासो नदेखिएको बताए ।

भीमदत्तनगरकै कुस्ती प्रशिक्षक श्यामसिंह थापाबाट प्रशिक्षण लिएका चन्दले पछिल्लो समय निकै पदकधारी खेलाडी उत्पादन गरी सुदूरपश्चिम प्रदेशकै नाम राखेका छन् । हालै सम्पन्न आठौँ बृहत् राष्ट्रिय खेलकूदमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेका कुस्तीमा महिला खेलाडीले छ स्वर्ण दिलाएपछि कुस्तीको चर्चा यहाँको खेल जगत्मा चुलिएको छ ।

“पहिलोपटक बृहत्मा समावेश गरिएको १० वटा महिला तौल समूहमा हामीले छ स्वण जित्यौँ ।” चन्दले भने, “महिला र पुरुष गरी कुस्तीमा सहभागी भएका २० खेलाडीमध्ये एक जना मेडलसहित फर्किए ।” आठौँ राष्ट्रियमा सुदूरपश्चिमका लागि स्वर्णको वर्षा नै महिला कुस्तीबाजले गराएको उनले बताए । अध्ययनलाई समेत निरन्तरता दिइरहेका प्रशिक्षक चन्द स्नाकोत्तर तहका विद्यार्थी पनि हुन् ।

चन्दले उत्पादन गरेका खेलाडीले राष्ट्रकै प्रतिनिधित्व गर्दै साफ तथा एशियन खेलकूद प्रतियोगितासम्म भाग लिइसकेका छन् ।
“अहिले पदकधारी खेलाडी विभागीय टिममा जाने लहर चलेको छ ।” चन्दले भने, “हरेक विभागीय टिममा सुदूरपश्चिमका खेलाडी अटाएका छन् । “एकल खेल हो मिहनेत गरे फल कहीँ जान्न ।” चन्द भन्छन्, “खेलाडीको सफलता नै हाम्रो गौरवको विषय हो ।”

पछिल्लो समय कुस्ती हलका लागि पहलरत प्रशिक्षक चन्दले स्थानीय तहदेखि राष्ट्रिय खेलकूद परिषद्सम्म हलका लागि गुहार माग्ने योजनामा रहेको बताउँछन् । “सुदूरपश्चिममा कुस्ती खेलमा महिला खेलाडी बढी ऊर्जावान निस्किए ।” उनले भने, “मुलुकमा स्वर्ण जितेर मात्रै पुग्दैन, अन्तर्राष्ट्रिय पदक जित्न व्यवस्थापकीय पक्ष पनि बलियो हुनु आवश्यक छ ।”