६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माटो परीक्षण शिविर

अ+ अ-

काभ्रेपलाञ्चोक । चौँरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिकरूपमा खेती गराउन कृषकका खेतबारीको माटोको परीक्षण शिविर शुरु गरेको छ । गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा दोलालघाटमा तीनदिने माटो परीक्षण शिविर शुरु गरेको हो ।

माटो परीक्षणको रिपोर्टअनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने उद्देश्यले कृषकको जमीनको माटो परीक्षण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले बताए ।

सबै वडाको विभिन्न स्थानबाट नमूनाका रुपमा १५० कृषकको माटो परीक्षण गरिने अध्यक्ष गौतमले जानकारी दिए। उनले भने, “व्यावसायिकरूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले ठूलो सहयोग पुग्नेछ, त्यसमा हामी पनि सहयोग गर्नेछौँ ।” उनका अनुसार माटो परीक्षणका फाइदाबारे गाउँपालिकाले सबै वडावासीलाई जानकारी गराएपछि नमूनाका रूपमा माटो परीक्षण गर्न पठाएका छन् ।

यसअघि भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रका कृषकको खेतबारीको माटोको परीक्षण गराएको थियो । उक्त गाउँपालिकाले काभ्रेपलाञ्चोक जिल्लामा पहिलोपटक एक हप्ताको अवधिमा आफ्नो १० वडाका कृषकको नमूनाका रूपमा माटो परीक्षण गरेको थियो ।

प्राप्त रिपोर्टअनुसार मौसमअनुसार व्यावसायिक कृषि गराउन कृषकसँग छलफल भइरहेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताए । उनले कृषकको जीविकोपार्जनमा सहयोग तथा कृषि पेशाबाटै आत्मनिर्भर बन्न हौसला दिलाउने उद्देश्यले हाल गाउँपालिका–१ रिठ्ठेका कृषकलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सहयोगमा उन्नत जातको गहुँको बीउ वितरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस