२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा शिक्षक राख्न जनप्रतिनिधिको तलब

अ+ अ-

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गरेका छन् । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष पोखरेलले आफ्नो तलबमध्येबाट रु ७८ हजार सहयोग गरेका हुन् ।

प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयलाई समस्या परेपछि आफूले केही सहयोग गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिए । वडाध्यक्ष पोखरेलले विद्यालयलाई सहयोग गर्ने रु ७८ हजारमध्ये ५० हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु घिमिरे र प्रधानाध्यापक माधव पोखरेललाई बुधबार हस्तान्तरण गरेका छन्।

माध्यमिक विद्यालयमा सबैको चासो भएपनि प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि कम मात्रामा चासो हुने गरेकोले आफ्नो तलबवापतको रकम प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि खर्च गर्ने उद्देश्य राखेको गाउँपालिकाका प्रवक्तासमेत रहेका पोखेरेलले बताए।

उनले भने, “प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि धेरैको ध्यान जान सकेको छैन । मैले तलब बापतको रु दश हजार मासिकरूपमा प्राथमिक विद्यालयलाई दिने सोच बनाएको छु ।” उहाँका अनुसार सोही वडाको ज्योति प्राथमिक विद्यालय र भङ्गेरी प्राथमिक विद्यालयलाई समेत वार्षिक रुपमा रु २६/२६ हजार सहयोग गरिनेछ ।

बन्दीपुर गाउँपालिका वडा नं १ मा तीन प्राथमिक विद्यालय सञ्चालनमा छन् । ती सबै विद्यालयलाई आफू जनप्रतिनिधिमा बहाल रहेसम्म आर्थिक सहयोग गर्ने वडाध्यक्ष पोखरेले जानकारी दिए । उनले भने, “केही जनप्रतिनिधिको गतिविधिका कारण समग्र जनप्रतिनिधिलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन । सबै जनप्रतिनिधि खराब छैनन् भन्ने सचेतना जगाउनु मेरो उद्देश्य हो ।”

जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक माधव पोखरेलले वडाध्यक्षको सहयोगले निजी दरबन्दीमा शिक्षक राख्न र विद्यालयको शैक्षिक सुधारमा टेवा मिल्ने बताए । उनले भने, “निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयसँग ठूलो स्रोत छैन । वडाध्यक्षको सहयोगले विद्यालय प्रशासनलाई राहत मिलेको छ ।” रासस