२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडामा डाटा सेन्टर सञ्चालन हुँदै

अ+ अ-

हेटौंडा । हेटौँडामा निर्माण भएको डाटा सेन्टरको यही वैशाख अन्तिमबाट सञ्चालनमा आउने भएको छ । सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको व्यावसायिक विवरण सुरक्षा गर्ने गरी डाटा सेन्टर सञ्चाचलनमा आउने भएको हो ।

कोरियन संस्था कोइकाको सहयोगमा निर्माण भएको सेन्टरमा ३७ करोड खर्च भएको जनाइएको छ । सेन्टर निर्माणका लागि नेपाल आदर्श निर्माण कम्पनीलाई जिम्मा दिइएकामा कम्पनीले १८ महीनामा भवन निर्माण सम्पन्न गरेको हो ।

हेटौँडा–४ कोे हुप्राचौरमा १० कठ्ठा क्षेत्रफल ओगटेको सेन्टरको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । महत्वपूर्ण विवरण सुरक्षित राख्ने उद्देश्यसहित काठमाडौँको सिंहदरबारमा निर्मित केन्द्रीय डाटा सेन्टरको ‘ब्याकअप’का रूपमा हेटौँडामा सो सेन्टर निर्माण भएको हो जसको सिंहदरबारस्थित केन्द्रीय डाटा सेन्टरको डाटा राखेर परीक्षणसमेत गरिसकिएको जनाइएको छ ।

हाल चार कर्मचारी कार्यरत सेन्टरमा कम्युटर इञ्जिनीयर, प्राविधिक लगायत १९ कर्मचारी छनोटको काम सकिएको र केही दिनबाट नै छनोट भएका कर्मचारीले काम शुरु गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले जानकारी दिनुभयो । निर्माण सम्पन्न सेन्टर ‘ब्याकअप’ का रुपमा डाटा राख्न पूर्णरूपमा तयार भइसकेकाले चाँडै नै सञ्चालनमा आउने उनले बताए ।

पहिलेको नगर विकास समितिको जग्गामा सो सेन्टर निर्माण भएको हो । सेन्टरले सरकारी तथा गैरसरकारी सूचनाको सङ्ग्रहालयको रूपमा काम गर्ने गरी कोरियाली सहयोग नियोगसँग अर्थ मन्त्रालयले सम्झौता गरेको थियो । तीन वर्षअघि नै प्रारम्भिक सम्झौता भए पनि कोइकाको नेतृत्व परिवर्तनले अन्तिम सम्झौतामा केही ढिलासमेत हुनपुगेको थियो ।

सेन्टर कोरियन प्रविधिमा कोइकाले नै ठेकेदारमार्फत निर्माण पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । रु २० करोडमा भवन निर्माण र बाँकी प्राविधिक पूर्वाधारका लागि लगानी गर्ने सम्झौता भएको थियो । त्यहीअनुसार काम भएको हो । भवनबाहेक अन्य प्रविधिका लागि रु १७ करोड खर्च भएको सेन्टरको सम्पूर्ण संरचना निर्माणमा करीब रु ३७ करोड लागेको जनाइएको छ ।

मुलुकको महत्वपूर्ण डाटा जस्तोसुकै प्राकृतिक प्रकोप तथा मानवीय त्रुटीहरुमा समेत नष्ट नहोस् भनेर उक्त सेन्टर निर्माण भएको हो । यस्ता साइट मुख्य डाटा सेन्टर स्थापनाका लागि केन्द्रबाट टाढा, फरक भौगोलिक वातावरण, पूर्वाधारको सुविधा पुगेको स्थान आवश्यक पर्ने भएकाले हेटौँडालाई रोजिएको जनाइएको छ । डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, विद्युतीय हस्ताक्षर, इकस्टमलगायत ई–सेवा सञ्चालन हुनेछन् ।