काठमाडौँ । नेपाल प्रहरीको नायव महानिरीक्ष(डीआईजी)मा बढुवा भएका विश्वराज पोखरेलले आइतबार दर्ज्यानी लगाएका छन्।
अघिल्लो सातामात्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) बाट डीआईजी बढुवामा सिफारिस भएका पोखरेललाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह लगाइ दिएका हुन्।
डीआईजी सुशील भण्डारीको केही महिनाअघि दुर्घटनामा मृत्यु भएपछि खाली पदमा बढुवा हुने पोखरेल एक्ला एसएसपी हुन् ।







