२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तन बिषयमा विश्व ‘सही बाटोमा छैन’ : गुटेर्रेस

अ+ अ-

काठमाडौं । जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई थप भयावह अवस्थामा पुग्न नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् ।

दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहेका राष्ट्रसंघ प्रमुखले न्यूजिल्याण्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले पेरिस सहमतिले परिभाषित गरेको उद्देश्य प्राप्त गर्न गर्नुपर्ने काम कुनै पनि ठाँउमा नभएको प्रष्ट देखिन थालेको छ ।’

‘अन्तर्राष्ट्रिय राजनीतिक सङ्कल्प हराउँदै गएको छ, खासगरी यसबाट साना टापूहरू जो समुद्री सतहबाट निकै नजिकको उचाइमा रहेका छन्, धेरै प्रभावित भइरहेका छन् ।’

जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वव्यापी तापमान वृद्धिलाई औद्यौगिक क्रान्तिपूर्वको तापक्रम अर्थात् १.५ डिग्री सेल्सियसमा सिमित गर्ने योजना अघि सारेको भएपनि यसलाई कार्यान्वयनको तहमा लान तापमान वृद्धिमा उल्लेख्य भूमिका खेल्दै आएका विश्वका विकसित तथा सम्पन्न कतिपय मुलुकले नै आनाकानी गरिरहेका उनको भनाइ थियो ।

विरोधाभासको कुरा के छ भने पृथ्वीको तापक्रम झनभन्दा झन विग्रिँदै गएको तर राजनीतिक कदमहरू विस्तारै प्रभावहीन बन्दै गएका उनले न्यूजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अर्डर्नसँगको संयुक्त प्रेस सम्मेलनमा अकल्याण्डमा बताए ।रासस