९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विकास मोडल परिवर्तनको खाँचो’

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणालीअनुरुप नीतिनियम र विकास ढाँचा परिमार्जनको खाँचो रहेको बताएका छन् । ललितपुरमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनको उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ ढाँचा अघि नबढाए मुलुक सङ्कटमा फस्न सक्ने खतरा औँल्याए ।

उनले राजनीतिक प्रणालीलाई गुणात्मक ढङ्गले नयाँ बनाउने नेपाली जनताको चाहनालाई सम्बोधन गर्न राज्यका संरचना, ऐन, कानून, कार्यविधि र विकासका ढाँचा समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावनाअनुसार निर्देशित हुन जरुरी रहेको बताए । अध्यक्ष दाहालले भने, ‘हामीले त्यस्तो ढाँचा पत्ता लगाउन जरुरी छ, जुन ढाँचा नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधता तथा परम्परासँग मिल्दोजुल्दो छ र आधुनिकताका ती पक्ष समेट्दै समाजलाई अग्रगति दिँदै समाजलाई समृद्ध बनाउने प्रविधिको प्रयोग गरेर लैजान आवश्यक छ ।’

अध्यक्ष दाहालले भने, ‘अहिलेको विश्वमा मानव जातिले जे–जस्ता समस्या भोेगेको छ, तीे विकासको ढाँचाबाट पैदा भएका विभिन्न किसिमका नकारात्मक परिणतिहरु हुन् ।’ जलवायु परिवर्तनबाट पैदा भएका समस्या, भूमण्डलीय तापक्रम वृद्धिका समस्या पनि विकासको मोडलका कारण भएको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘विकासको कुन मोडल अपनाउने भन्ने कुरा महत्वपूर्ण छ । मैले भनेको संसारमा वर्षौं चलेको पूँजीवादी ढाँचाको विकासतर्फ हामी जाने हो कि समाजवादी ढाँचातिर अगाडि जाने हो । यी दुई ढाँचा मात्र अहिले विश्वमा देखिएका छन् । मानव समाज नै पूँजीवादीको दबाबमा छ । हामीले जे–जस्ता समस्या भोगेका छौँ, ती पूँजीवादका कारण भएको हो । उनीहरुले मानव जातिलाई शिक्षा, स्वास्थ्य र विकास निर्माणको नमूनाका क्षेत्रमा हामी समस्या नै समस्याग्रस्त हुँदै जाँदा पृथ्वी नै नष्ट हुने स्थिति बनेको छ ।’

अबका केही समयपछि राष्ट्रको गौरवमय परम्परा र समाज नै विघटन हुने खतरा बढेर गएको औँल्याउँदै उनले आत्मनिर्भर, दिगो विकास र विकासको मौलिक मोडल निर्माण गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । आफूले कृषि विषयको शिक्षकका रुपमा गोरखाको आरुघाटमा कार्यरत रहँदा किसानलाई प्राङ्गारिक खेती प्रणाली र प्राङ्गारिक मल उत्पादन गर्ने तौरतरिका सिकाएको स्मरण गर्दै अध्यक्ष दाहालले अबको यात्रा प्राङ्गारिक कृषिका क्षेत्रमा हुनुपर्ने बताए ।

उनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निस्तेज पारेर प्राङ्गारिक कृषि बाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्न सम्मलेन सफल हुने विश्वास व्यक्त गरे । दुई दिनसम्म चल्ने सम्मेलनले कृषि क्षेत्रको भावी विकासको रणनीति र मोडल तय गर्नेछ ।रासस

प्रतिक्रिया दिनुहोस