१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना

अ+ अ-

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले बताए । शनिबार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिए । पूर्व मनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरी रहने उनको भनाइ थियो ।

राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी क्षेत्रमा आंशिक बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्म्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि एक दुई स्थानमा हावाहुरीसहित हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

त्यस्तै शनिबार देशको पहाडी भागमा आंशिक बदली रही पश्चिमी पहाडी क्षेत्रका केही स्थान तथा मध्य र पूर्वी भागका एक–दुई स्थानमा समेत मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस र अधिकमत तापक्रम २८।५ डिग्री सेल्सियस रहने छ । यसैगरी नेपालगञ्जको अधिक मत तापक्रम ४०.५ डिग्री सेल्सियस रहने जनाइएको छ ।