२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक व्यवस्थापनमा सक्रिय बन्दै प्रहरी

अ+ अ-

भीमदत्तनगर । भीमदत्तनगरपालिकाभित्रका अधिकांश विद्यालयले बस सञ्चालन गरेका छन् । तर ती बसको अवस्थावारे अभिभावरुमा जागरुकता नदेखिएको पाइएको छ ।

हरेक वर्ष शैक्षिक प्याकेजमा अभिभावकको मत जित्न विभिन्न प्रकारका सेवा/सुविधा र शैक्षिक गुणस्तरको रटानले नथाक्ने विद्यालय स्कूले बालबालिका बोक्ने बसको हालतबारे भने बेखबरजस्तै बन्ने प्रवृत्ति बढेको छ । नगरपालिकाभित्र झण्डै ७० वटा निजी विद्यालय रहेका छन् ।

सार्वजनिक यातायातबाट कामै नलाग्ने गरी पुराना भइसकेपछि सस्तोमा खरीद गरेर रङरोगन गरी स्कूल बस सञ्चालन गर्ने यहाँ दुई दर्जनभन्दा बढी विद्यालय छन् । थोत्रा बस सञ्चालन गर्ने मात्रै होइन, क्षमताभन्दा बढी (कोचाकोच) गरी विद्यार्थी चढाउन थालेपछि यहाँका ट्राफिक प्रहरीले यसको न्यूनीकरणका लागि ‘एक्सन’मै उत्रिएको छ ।

‘बसभित्र कोचाकोच गरी विद्यार्थी हुलेजस्तै गर्ने धेरै देखिए’, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक भरतबहादुर शाहले भने, ‘तीमध्ये स्कूल बसमध्ये धेरैले ट्राफिक नियमको पालना गरेको पाइँदैन ।’ ट्राफिक प्रहरीले स्कूल व्यवस्थापक, भीमदत्तनगरपालिका, विभिन्न विद्यालयका प्रिन्सिपल, यातायात व्यवसायीलगायत सरोकारवाला निकायसँग स्कूल बस सञ्चालनका विषयमा छलफलसमेत गरेको छ ।

‘कतिपय बसमा झ्यालका ढोकासमेत हालेका छैनन्’, उनले भने, ‘विद्यार्थी बोक्ने बसहरु सञ्चालन गर्दा अझ बढी संवेदनशील हुनु जरुरी छ ।’ उनले स्कूल बसका चालक/सहचालकहरुलाई अनिवार्य रुपमा पोशाक लगाउन र स्कूल अगाडी हिडडूलका लागि ‘जेब्राक्रस’ राख्नका लागि सम्बन्धीत पक्षलाई आग्रह गरिएको बताए ।

‘विद्यालयहरुले तत्काल नियम पालन गरेनन् भने ट्राफिक नियम बमोजिम कारबाहीको दायरामा ल्याउछौं’, प्रहरी निरीक्षक शाहले भने – ‘विद्यार्थी बोक्ने नाउँमा थोत्रा गाडीमा हुल्नेलाई अब छुट मिल्दैन ।’

ट्राफिक व्यवस्थापनमा सक्रिय भएर लागेको प्रहरीले केही दिनअघि मात्रै कञ्चनपुरबाट चल्ने छोटो तथा लामो दूरीका यात्रुबाहक सवारी सधान चलाउने चालक तथा सहचालकलाई पोशाक अनिवार्य लगाउने प्रणाली लागू गरिसकेको छ ।

‘चालकलाई पोशाक सुदूरपश्चिममै पहिलो अभ्यास भीमदत्तनगरबाट थालिएको छ’, उनले भने, ‘लामो दूरीमा दुई वटा चालक राख्ने विषय पनि हाम्रो निगरानीमा छ ।’ प्रहरीले बसपार्क क्षेत्रमा यात्रुलाई दुःख दिने सवारी चालक तथा जोकोहीलाई पनि कारवाही गर्न अभियान नै चलाएको छ । जस अन्र्तगत वडा प्रहरी कार्यालय महेन्द्रनगरले डेढ दर्जनभन्दा बढी व्यक्ति माथि मुद्दा चलाएको छ ।

‘मापसे परीक्षणका लागि नगरपालिकाबाट पनि ‘ब्रथेलाइजर’ लगायतका उपकरण सहयोग भएको छ’, शाहले भने, ‘हामीले ट्रायल सेन्टरमा पनि पारदर्शी बनाउन सिसीटिभी क्यामेरा जडान गरेका छौँ ।’ त्यसैगरी नगरपालिका क्षेत्रका विभिन्न स्कूलमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उनले प्रहरीले बजार क्षेत्रको पार्किङ व्यवस्थापनका लागि पनि योजनासहित अघि बढेको छ ।

‘ट्राफिक नियम लागू नगर्ने प्रवृत्ति धेरै हुनुका साथै अव्यवस्थित पार्किङ कम गर्न पनि हामीले लागि रहेका छौँ’, प्रहरी निरीक्षक शाहले भने, ‘सवारीसाधनको चाप बढी र सडकको अवस्था पुरानै हुँदा समस्या छ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले चालू आवको अहिलेसम्म जरिवानाबाफत रु ५५ लाख ८२ राजश्व गरेको छ ।

‘सो अवधिमा टाफिक नियम उलङ्घन गर्ने नौ हजार ७६० सवारीसाधनलाई कानूनी कारवाही गरिएको छ’, उनले भने, ‘सीमान्त शहर भएकाले यहाँ पार्किङ क्षेत्र बनाउनु जरुरी छ ।’