२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचथर घटनाको सूक्ष्म छानबिन हुन्छ : गृहमन्त्री

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा यही जेठ ६ गते पाँचथरको आरुबोटमा भएको सामूहिक हत्याकाण्डको विषयमा जानकारी दिँदै उनले उक्त घटना प्रारम्भिक रुपमा पारिवारिक बेमेलका कारण भएको देखिएको उल्लेख गरे ।

उक्त हृदयविदारक हत्याकाण्डको छानबिनमा सहयोग गर्न उनले स्थानीयवासी, सांसद, राजनीतिक दल तथा सरोकार भएका सबैलाई आग्रह गरे ।

गृहमन्त्रीले सरकारले नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा छानबिन शुरु गरेको बताउँदै केही दिनभित्रै सत्यतथ्य पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

घटनामा नौ जनाको हत्या भएको र अर्का एकले झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको थियो । घटनामा बाँच्न सफल १३ वर्षीय बालिका सीता खजुमको दमकमा उपचार भइरहेको छ ।

भविष्यमा यस्ता घट्न नदिन गृह मन्त्रालयले आवश्यक सतर्कता अपनाएको भन्दै गृहमन्त्रीले नागरिक प्रहरी सम्बन्ध सुधार गरी अपराधलाई कम गर्न नागरिक प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाइएको बताए ।

गृहमन्त्रीको भनाइलगत्तै सांसदहरु अनिता देवकोटा, जितेन्द्रनारायण देव, रमेशजङ्ग रायमाझी, रामप्रीत पासवान, विमला राई पौडेल र प्रकाश पन्थले घटनाको मसिनो गरी अध्ययन गर्न तथा पारिवारिक कलह मात्रै भनेर नलिन आग्रह गरे ।

त्यसअघि राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले खेती लगाउने समयमा देशव्यापी रुपमा नै रासायनिक मलको अभाव भएको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराए ।

हिउँदे बाली लगाउने समयमा समेत रासायनिक मल नपाएका किसानले बर्खे बाली लगाउने समयमा समेत उस्तै समस्या भोग्नु परेको भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै गुनासो गरे ।

यस्तै मदन भण्डारी लोकमार्गको गुल्मी, प्यूठान खण्डमा मार्ग परिवर्तन गरिएकामा किन त्यस्तो गरिएको हो भन्दै सरकारको ध्यानकर्षणसमेत गराइएको थियो ।

शून्य समयमा सांसदहरु राजकुमार कुँवर, रामप्रीत पासवान, रामलखन चमार, विन्दादेवी राना, सिंहबहादुर विक, हरिराम चौधरीलगायतले विकास निर्माणको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरे । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते बिहान ११ः४५ बजे बस्नेछ ।