२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो

अ+ अ-

धरान । जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई आज अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । स्कुटीमा आएका तीन जनाको समूहले गोली प्रहार गरी उनको साथमा भएको रु ४ लाख लुटेको धरान इलाका प्रहरी कार्यालयले जनाएको छ ।

उनी पानबारीबाट दिउँसो को१८प ५२९४ नंं नम्बरको मोटरसाइकलबाट धरान फर्कंदै गर्दा तीन जनाको समूहले रोकेर लिफ्ट मागेका थिए ।

रोकेपछि लुटपाट गरेको र प्रतीकार गर्दा गोली प्रहार गरेको गच्छदारले बताए। उनीहरूले चार राउण्ड गोली हानेकामा दुई गोली उनलाई लागेको थियो ।

बायाँ कम्मरको माथिल्लो भाग र हातको कुहिनामा गोली लागेका गच्छदारको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज दुर्गा पराजुलीले जानकारी दिए ।

घटनापछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको सहायक प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । धरानबाट अन्यत्र जाने चारैतिरका नाकामा प्रहरी चेकपइन्ट राखेर लुटेराको खोजी गरिरहेको जनाइएको छ ।