२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित

अ+ अ-

काठमाडौं । जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित बन्ने गरेको एक अध्ययनले देखाएको छ । दैलेख जिल्लाका केही गाउँहरुमा गरिएको कार्यमूलक अनुसन्धानका नतीजाहरुमा आधारित अध्ययनमा जलवायु परिवर्तनबाट सिर्जित समस्याको पहिलो प्रभाव महिलाले भोग्नु परेको आज यहाँ आयोजित अन्तक्र्रियामा प्रकाश पारियो ।

नेपाल सहभागीमूलक कार्य समूह (नेपान) द्वारा आयोजित ‘महिलाहरुको पारिश्रमिकविहीन सेवा कार्य र विकासमा उनीहरुको नेतृत्वमाथि जलवायु परिवर्तनले पारेको असर’ विषयक अन्तक्र्रियामा जलवायु परिवर्तनको समस्या समाधानका लागि सबै क्षेत्रबाट सहभागीमूलक ढङ्गले गर्नुपर्ने उपायहरुमा छलफल भएको थियो । सहभागीहरुले जलवायु परिवर्तनबाट महिलाको पारिश्रमिक बिनाको सेवामूलक कार्यमा बढी असर परेको र त्यसले गर्दा विकास कार्य र सामाजिक सहभागितामा समेत प्रभाव परेको धारणा राखे ।
नेपान अध्यक्ष चेतनाथ कणेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उक्त कार्यमूलक अनुसन्धानमा हेल्भेटास नेपालको कोपिला नामक परियोजनाका तर्फबाट नेतृत्वदायी भूमिका खेलेकी उषा अर्याल (दाहाल)ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि नेपान सदस्यहरु तोया गौतम, लालबहादुर वली, रुपा बस्नेत, सिंहबहादुर खड्का, दिवेश सायमी, गोविन्दराज पौडेल र एजिङ नेपालकी सञ्जु थापाले टिप्पणी गरेका थिए ।