८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने

अ+ अ-

भक्तपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने भएको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए ।

प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब रु दुई करोड ४६ लाखभन्दा बढी रकम रहेकोमा चाँगुनारायण नगरपालिकाका लागि रु ४४ लाख, भक्तपुर नगरपालिकाका लागि रु ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि रु ७१ लाख ७६ हजार तथा सूर्यविनायक नगरपालिकाका लागि रु ६६ लाख ३४ हजार बराबरको रकम विनियोजित भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि ४००, चाँगुनारायण नगरपालिकाबाट ९१० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको संयोजकत्वमा सहसंयोजक चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बाँस्तोला, सूर्यविनायक नपाबाट सात वडाध्यक्ष, चाँगुनारायण नपाबाट चार वडाध्यक्ष र मध्यपुर थिमि नपाबाट दुई जना रहने गरी भव्यरुपमा कार्यक्रम गर्नेगरी समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस