२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा २४ समूह

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्न खुला गरेको प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा पुगेका छन् । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ का नाममा महानगरको शहरी योजना आयोगले छ महीनाअघिबाट शुरु गरेको प्रतिस्पर्धाका लागि चार विषय प्रस्तुत गरिएको थियो ।

विभिन्न छ चरणमा विभाजन गरिएको प्रतिस्पर्धाअन्तर्गत पहिलो चरणमा छनोटमा परेका सोचलाई विज्ञ समूहबाट करीब तीन महीना नियमित तालीम दिइएको थियो । तीमध्ये अन्तिम प्रतिस्पर्धामा पुगेका चार विषयका २४ समूह प्रतिस्पर्धीलाई विशिष्ट प्रकारको तालीम दिएर सोचमा निखार ल्याउन महानगरले मद्दत गरेको थियो ।

यसमा विजेता पहिलो समूहले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका चार विषयगत विजेतालाई प्रतिसमूह रु दुई लाख र उपविजेतालाई जनही एक लाख प्रदान गरिने शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

विभिन्न चरणमा विषयको महत्व, उत्पादन क्षमता, व्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति एवं व्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानेर मूल्याङ्कन गरिएको थियो । उनीहरुका प्रस्तुति शहरी समस्याका मुख्य चार विषयमा निर्धारण गरिएको छ । प्रतिस्पर्धाका लािग राखिएका विषयमा समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन छन् । यस चरणमा आउनुअघि उनीहरुले पाँच चरण पार गरिसकेका छन् ।

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका शहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुने विश्वास लिइएको छ ।

जथाभावी फोहर फाल्नेलाई कारवाही

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले फोहर जथाभावी फाल्ने संस्कृतिको अन्त्यका लागि कानूनी कारवाहीको प्रक्रिया अघि बढाइने बताएका छन् । महानगरले यहाँ आयोजना गरेको ४५औँ विश्व वातावरण दिवसका अवसरका बुधबार उनले एकाथरि सुधारको प्रयासमा लाग्ने अर्काथरि निष्फिक्री जथाभावी फोहर बाहिर निकाल्ने अवस्था रहेकाले कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले राम्रो काम गर्ने निजी क्षेत्रलाई प्रवरद्धन गर्न सके परिणाम ल्याउन सजिलो हुने धारणा राखे । वडा नं १२ का वडाध्यक्ष विकास डङ्गोलले प्रतिफल आउने गरी फोहरमा लगानी व्यवस्थापन गर्ने बताए । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले घरेलु फोहर व्यवस्थापन गर्न निजी क्षेत्रले पुर्‍याएको योगदानलाई संस्थागत गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख शाक्यले परिवर्तन सेवा प्रालिले तयार पारेको पुस्तक परिवर्तन सन्देश नामक पुस्तक सार्वजनिक गरेका थिए । उक्त परिवर्तन सेवा प्रालिले तयार पारेको पुस्तकमा फोहर व्यवस्थापनका सम्भावना र चुनौतीलाई क्षेत्रगत आयामबाट चित्रण गरिएका लेख समावेश छन् । रासस