२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव अधिकारमैत्री ऐन कानून प्राथमिकतामा

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले मानव अधिकारको सुनिश्चितताका लागि आवश्यक ऐन कानून निर्माणलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग नेपाल र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्तरुपमा आज पोखरामा आयोजित मावन अधिकारको दृष्टिकोणमा गण्डकी प्रदेश सभाबाट पारित कानूनको प्रारम्भिक समीक्षात्मक कार्यक्रममा प्रदेशमा कानून निर्माणको प्रक्रिया बढी रहेको बताए ।

ऐन कानून निर्माणमा मानव अधिकार सम्बद्ध सबै क्षेत्रबाट प्राप्त सुझावलाई आत्मसात् गरिएको उल्लेख गर्दै उनले संविधान एवं त्यसअन्तर्गत बन्ने ऐन कानून पनि आवश्यकताअनुसार परिवर्तन गर्न सकिने धारणा राखे । राष्ट्रिय मानव अधिकार आयोग नेपालका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष अनुपराज शर्माले संघ, प्रदेश र स्थानीय तहले कानून निर्माण गर्दा मानव अधिकारलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

आयोगले सातवटै प्रदेशमा यस किसिमका छलफल एवम् अन्तक्रिया गर्ने बताउँदै उनले मावन अधिकारमैत्री कानून निर्माण र कार्यान्वयनमा सरकारलाई ध्यानाकर्षण गराउने उल्लेख गरे ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हालसम्म बनेका कानून सर्वसम्मत रुपमा आएको चर्चा गर्दै यसले सबै पक्षको अपनत्व गराएको उल्लेख गरे । सामाजिक विकासमन्त्री नरदेवी पुनले संघीयता, समानुपातिक तथा समावेशी ऐन कानून निर्माणमा विशेष ध्यान दिएको बताउँदै समाजका बालबालिका र ज्येष्ठ नागरिकको संरक्षणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रदेशसभाका लागि ऐन कानून निर्माण अभ्यासका रुपमा रहेको बताउँदै संविधानको मर्म र भावनालाई सर्वोपरि मानिएको धारणा राखे । प्रदेशसभा सदस्य, मानव अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी, कानून व्यवसायीलगायत करीब १०० को सहभागिता थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा.राजेन्द्र घिमिरे र अधिवक्ता अच्युत आचार्यले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।रासस