९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न सकिने

अ अ+ अ-

काठमाडौँ । नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले बदलिँदो आर्थिक परिवेशअनुसार नागरिक लगानी कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन आवश्यक रहेको बताए । उनले अब कोषले निजी इक्विटी (प्राइभेट इक्विटी), भेन्चर क्यापिटललगायतका क्षेत्रमा समेत लगानी गर्न सक्ने गरी कानूनी व्यवस्था अद्यावधिक गर्न खोजिएको बताए ।

उनका अनुसार पूर्वाधार, उत्पादनमूलक क्षेत्र र आवास क्षेत्रमा पनि कोषको लगानी विस्तार गर्ने उद्देश्य राखिएको छ । मध्यम वर्गको विस्तारलाई मुख्य प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा तथा आवास क्षेत्रमा ध्यान दिनुपर्ने उनले बताए । 

विधेयकमार्फत कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्ने, संस्थागत सुशासन, पारदर्शिता तथा जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित र अद्यावधिक गर्ने प्रस्ताव पनि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए। 

विधेयकका प्रमुख विशेषताबारे जानकारी दिँदै उनले दफा २ अन्तर्गत कोषको परिभाषा र कार्यक्षेत्र विस्तार गरिएको बताए । 

यसक्रममा डिबेन्चर, ऋणपत्र तथा धितो पत्रलगायतका परिभाषा परिमार्जन गरिएको छ । त्यस्तै मुद्दती निक्षेप, सरकारी सुरक्षण पत्र तथा अन्य वित्तीय उपकरणलाई समेत लगानीको परिभाषाभित्र समेट्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी कोषको पुँजी संरचनामा पनि परिवर्तन प्रस्ताव गरिएको छ । हाल ८ अर्ब रुपैयाँ रहेको कोषको पुँजी १० अर्ब रुपैयाँ पुर्‍याउने, शेयर कित्ता ८ करोडबाट बढाएर १० करोड पुर्‍याउने तथा चुक्ता पुँजी ३ अर्बबाट बढाएर ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव विधेयकमा समेटिएको अर्थमन्त्री वाग्लेले बताए ।

अर्थमन्त्री वाग्लेले भने,‘४८ सालभन्दा पुरानो युगमा हामीले प्राइभेट इक्विटी, भेन्चर क्यापिटलजस्ता विषयमा प्रवेश गरेका थिएनौँ । अब ती क्षेत्रमा पनि लगानी गर्नुपर्ने अवस्था आएको छ । त्यस्तै पूर्वाधार, उत्पादनमूलक क्षेत्र एवं आवास क्षेत्रमा पनि लगानी विस्तार गर्नुपर्नेछ । हाउजिङ सेक्टर पनि ठूलो क्षेत्र हो । हामीले निर्वाचनमा होमिँदै गर्दा मध्यम वर्गको विस्तारलाई सबैभन्दा मूल विषय बनाएका थियौँ । मध्यम वर्गको विस्तारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधुनिक सेवा र आवासजस्ता विषयमा पनि ध्यान दिने भनेका थियौँ । त्यस्तै सञ्चालक समिति तथा कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट गर्ने, संस्थागत सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनसम्बन्धी विभिन्न धाराहरूलाई पनि अद्यावधिक गर्ने उद्देश्य हो । डिबेन्चर, ऋणपत्र, धितो पत्रलगायतका परिभाषा परिमार्जन गरिएको छ । मुद्दती निक्षेप, सरकारी सुरक्षण पत्र तथा अन्य वित्तीय उपकरणहरूलाई पनि लगानीको परिभाषामा समेटिएको छ । त्यसैले एउटा क्लस्टर दफा २ अन्तर्गत परिभाषा र कार्यक्षेत्रको विस्तारसम्बन्धी छ । अहिले ८ अर्ब रुपैयाँबाट यसलाई १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । सेयर कित्ता ८ करोडबाट १० करोड पुर्‍याउने र चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव छ ।’

उनले बदलिँदो आर्थिक आवश्यकता र लगानीका नयाँ सम्भावनालाई सम्बोधन गर्न नागरिक लगानी कोषसम्बन्धी कानूनी व्यवस्था समयानुकूल बनाउन संशोधन विधेयक ल्याइएको स्पष्ट पारे ।

0 Comments