२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षतिको चार वर्षपछि घर ‘रेट्रोफिटिङ’ !

अ+ अ-

काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ (प्रबलीकरण) गरी धनीलाई हस्तान्तरण गरिएको छ । आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत गैराका छत्रबहादुर परियारको कच्ची घरबाट गत वर्ष चैत २९ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रेट्रोफिटिङ अभियानको औपचारिक शुरुआत गरेका थिए ।

भूकम्पले घर चर्किएको करीब चार वर्षपछि शुरु गरिएको रेट्रोफिटिङ अभियानअन्तर्गत निर्माण सम्पन्न भएको परिवारको दुईतले घर प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले घरधनीलाई हस्तान्तरण गरेका हुन् । बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआइडी) को आर्थिक सहयोगमा विल्ड चेन्ज र युएन ओप्स् नामक गैरसरकारी संस्थाले उक्त रेट्रोफिटिङ नमूना घर निर्माण गरेका हुन् । डीएफआइडीले नेपालको भूकम्पप्रभावित जिल्लाका ५६२ स्थानीय तहमा एक वटा हुनेगरी करीब एक हजार आंशिक क्षति घरलाई रेट्रोफिटिङ गरी नमूना घर बनाउने सम्झौता गरेको छ ।

घर हस्तान्तरणका अवसरमा श्रेष्ठले कच्ची घरलाई रेट्रोफिटिङ गरेर भूकम्प प्रविधियुक्त मजबुत बनाइएको बताए । उनले भने, “थोरै रकममा घर रेट्रोफिटिङ गर्न सकिन्छ, यसबाट मौलिकता जोगाउन मद्दत पुग्दछ ।” भूकम्पप्रभावित जिल्लामा पुनःनिर्माण गरिएका अधिकांश दुईकोठे घर ‘बाकस घर’ जस्ता देखिएकोमा चिन्ता व्यक्त गर्दै उनले रेट्रोफिटिङमा सूचीकृतलाई अब पूर्ण लाभग्राहीमा नलैजाने बताए । “आंशिकलाई पूर्ण लाभग्राहीमा लैजाँदा नकारात्मक सन्देश गयो, यसको नीतिगतरूपमै परिवर्तन गर्नु जरुरी छ”, उनले भने ।

नेपालका इञ्जिनीयरलाई यससम्बन्धी अध्ययन गर्न समय लागेकाले सरकारद्वारा चर्किएका घर रेट्रोफिटिङ गर्न ढिला हुन गएको श्रेष्ठले बताए । “विभिन्न देशका विज्ञसँगको अध्ययन, अनुसन्धान र परीक्षणबाट पास भएका प्रविधिमार्फत हालैमात्र रेट्रोफिटिङ प्रयोगमा ल्याइएको हो”, उनले भने । भूकम्पप्रभावित ३२ जिल्लामा करीब ६२ हजार आंशिक लाभग्राही रहेकोे र हाल ११४ घरको रेट्रोफिटिङ भइरहेको श्रेष्ठले जानकारी दिए ।

घरधनी परिवारले भूकम्पले चर्किएको आफ्नो घर उस्तै बलियो बनेकामा खुशी व्यक्त गरे । “भूकम्पले चर्केको घरमा बस्न डर मानिरहेका थियौँ, अहिले हामी खुशी छौँ, हाम्रो घर जस्ताको तस्तै, बलियो बनाइदिए”, उनले भने । उक्त घरमा सात जना परिवार बस्दै आएका थिए । छत्रबहादुर बस्नुभएको वडा नं ५ मा १२७ घर आंशिक लाभग्राहीमा सूचीकृत छन् ।

केही संस्थाले यसअघि अनौपचारिकरूपमा घरलाई रेट्रोफिटिङ गरेको भए पनि सरकारले प्राधिकरणमार्फत औपचारिकरूपमा रेट्रोफिटिङको काम काभ्रेपलाञ्चोबाट शुरु गरेको हो । प्राधिकरणले नमूनाका रूपमा रेट्रोफिटिङ गरेको परिवारको घर प्राविधिकलाई थप अनुभव तथा स्थानीयवासीलाई यससम्बन्धी जानकारी भएको अपेक्षा गरिएको छ । कार्यकारी सदस्य श्रेष्ठले भने, “यस नमूना रेट्रोफिटिङ घरबाट प्राविधिक तथा सर्वसाधारणले सिक्नेछन् र आंशिक लाभग्राही यसप्रति आकर्षित हुनेछन् भन्ने हाम्रो अपेक्षा हो ।” उनले छत्रबहादुरको घर ज्ञानकेन्द्रको रूपमा स्थापित भएको उल्लेख गर्दै रेट्रोफिटिङप्रति लाभग्राहीलाई प्राधिकरण आफैँले चेतनशील बनाउनु आवश्यक रहेको बताए । आंशिक लाभग्राहीमा सूचीकृतलाई एक लाख दिने प्राधिकरणको नीति छ ।

विल्ड चेञ्जका इञ्जिनीयर अनिल बस्नेतले ‘स्टो«ङ ब्याक फिटिङ’ विधिबाट प्रवलीकरणको काम भएको बताए । उनका अनुसार यस्तो विधिबाट काम गर्दा क्षति कम होस् भनेर शुरुमा घरलाई बाहिरबाट बाँध्ने काम गरिन्छ, त्यसपछि जगमा डिपीसी गर्दै घरको भित्री भागबाट माथिसम्मै आवश्यकताअनुसार पक्की पिलर बनाइन्छ र निदाल तथा दलिनलाई फलामले कस्ने काम गरिन्छ ।

काभ्रेपलाञ्चोकमा रहेका ६८ हजार ७७३ भूकम्पपीडितमध्ये करीब छ हजार घर आंशिक लाभग्राहीमा सूचीकृत छन् । यिनीहरूलाई रेट्रोफिटिङ अर्थात् प्रबलीकरण गर्नुपर्ने प्राधिकरणको नीतिमा उल्लेख गरिएको छ ।