काठमाडौँ । नेपाल प्रहरीले खुला प्रतियोगिताबाट जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नियुक्त भएका २९ जनालाई नियुक्ति पत्र प्रदान गरेको छ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्रहरी निरीक्षकहरूलाई नियुक्ति पत्र प्रदान गरेका हुन्।
कार्यक्रममा विभागीयतर्फबाट प्रहरी निरीक्षक पदमा नियुक्त भएका १६ जनालाई दर्ज्यानी चिन्हसमेत सुशोभन गरिएको थियो। महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
खुला प्रतियोगिताबाट प्रहरी निरीक्षक पदमा छनोट भई नियुक्त भएका सबै २९ जनालाई संगठनमा औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो।






