१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा

अ+ अ-

काठमाडौँ । पोखरा बस व्यवसायी समिति पोखरा यातायात कम्पनी प्रा.लि. ले रसुवा बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

समितिको हालै सम्पन्न साधारण सभाले देशमा आइपरेको वर्तमान संकटको घडीमा मलम लगाउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । पोखरा यातायात व्यवसायी संघका सल्लाहकार, पोखरा महानगरपालिकाका यातायात सहसंयोजक एवं वडा नम्बर १६ का अध्यक्ष अमृत तिमील्सिनाले साधारण सभाले उक्त सहयोगको औपचारिक निर्णय गरेको जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात क्षेत्र आफैँ प्राकृतिक विपत्तिबाट गम्भीर रूपमा प्रताडित भइरहेको उल्लेख गरे ।

उनले यस्तो कठिन परिस्थितिमा पनि यातायात व्यवसायीहरू नागरिकको सेवा, उद्धार र राहत कार्यमा देशैभरि अग्रपंक्तिमा खटिरहेको बताए ।

अध्यक्ष सिटौलाले हालैका बाढी-पहिरोका कारण सार्वजनिक यातायात क्षेत्रमा अर्बौंको क्षति हुनुका साथै ठूलो संख्यामा यात्रु, चालक र सहचालकहरूले ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।

उनले भने, ‘अहिलेसम्म सरकारको तर्फबाट कति सवारी साधन र कति मजदुर-यात्रुहरू बेपत्ता भए भन्ने यकिन तथ्यांक आउन सकेको छैन । त्रिशूली र रसुवा लगायतका क्षेत्रमा व्यवसायीहरूले परिवारका सबै सदस्य गुमाउनुपरेको विक्षिप्त अवस्था छ ।’

अध्यक्ष सिटौलाले सरकारलाई युद्धस्तरमा उद्धार कार्य अघि बढाउन र सबै राजनीतिक दल तथा सरोकारवालालाई मानवीय सेवामा जुट्न अपिल गरे ।

0 Comments