८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ बालबालिकाको बालगृहबाट उद्धार

अ+ अ-

काठमाडौं । मापदण्ड विपरीत सञ्चालित बालगृहबाट नौ बालबालिकाको उद्धार गरिएको छ । बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’ विपरीत जोखिमपूर्ण अवस्थामा राखेको पाइएपछि केन्द्रीय बालकल्याण समितिले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोल महिला समाज नामक संस्थाबाट चार बालक र पाँच बालिकाको उद्धार गरेको हो ।

समितिले समाज कल्याण परिषद्, स्थानीय प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्र, चाँगुनारायण नगरपालिकाका प्रतिनिधि र विभिन्न सङ्घसंस्थाको समन्वय र सहकार्यमा उद्धार गरिएको समितिका प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । ती बालबालिका ४ देखि १४ वर्ष उमेर समूहका छन् ।

हुम्ला जिल्लाका ती बालबालिकालाई अध्ययनका लागि विभिन्न व्यक्तिमार्फत सो संस्थामा पुर्‍याइएको थियो । बालबालिकालाई उक्त मापदण्ड विपरीत जोखिमपूर्ण अवस्थामा राखेकोे, उचित खानपान तथा आवासको प्रबन्ध नगरेको पाइएकाले हाल अल्पकालीन संरक्षणको व्यवस्था गरिएको उक्त समितिले जनाएको छ । उक्त समितिले अन्य बालगृहसमेत अनुगमन गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस