२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला हिंसा न्यूनीकरण मन्त्रालयको प्राथमिकतामा : मन्त्री थापा

अ+ अ-

काठमााडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा न्यूनीकरण, दाइजो र छाउपडी प्रथा अन्त्य गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।

सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकमा विनियोजित विधेयक, २०७६ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री थापाले मन्त्रालयले सडक बालबालिको उद्धार तथा असहाय बालबालिकाका लागि पुनःस्थापना कार्यक्रम अघि बढाइएको बताए । उनले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्न र संविधानको मर्मअनुसार पीडितको हकमा आफूले काम गरिरहेको जानकारी दिए ।

‘बोक्सी ऐन कडाइका साथ कार्यान्वयन भइरहेको छ, २०७६ साललाई महिला हिंसाविरुद्धको अभियानका रुपमा अगाडि बढाएका छौँ’, उनले भने । मन्त्री थापाले मन्त्रालयले मानव बेचबिचनविरुद्धको कोष स्थापना गर्नाका साथै आगामी आर्थिक वर्षमा ७५३ स्थानीय तहमा लैङ्गिक हिंसा डेस्क स्थापना गर्ने योजना रहेको बताए ।

मावन विकास सूचकाङ्कमा पछाडि पारिएको समुदायलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रममार्फत समेटिएको बताए। ‘कर्णाली प्रदेशमा महिला तथा किशोरी सशक्तीकरण कार्यक्रम सञ्चालन गरिएको छ, अपाङ्गमैत्री संरचना निर्माणलाई मन्त्रालयले प्राथमिकता दिएको छ । अपाङ्गमैत्री खेलको पनि व्यवस्था गरिएको छ’, उनले भने ।

सांसद प्रमिला कुमारीले मानव विकास सूचकाङ्कमा पछि परेका मधेशी, दलित, महिलालाई समावेश नगरिएकामा आपत्ति प्रकट गरे । सांसद मुक्ता यादवले ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक भत्ता लिन कठिनाइ भएका बारे प्रश्न गरे । सांसद रामनारायण बिँडारी, रामकुमार कुँवर र अनिता देवकोटाले महिला तथा बालबालिकाको सवालमा मन्त्रालयको ध्यानाकर्षण गराए।