९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

अ+ अ-

लहान । प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेका महतोको घरमा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर छ किलो ३०० ग्राम बरामद भएको र निजको शरीर तलासी गर्दा नगद रु २२ हजार ८१० र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

यस्तै प्रहरीले सिरहा नगरपालिका–१९ दशगजाबाट करीब रु ५० हजार मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको बीआर३२एच ९००६ नंको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्दा तीन कार्टुन बियर, दुई कार्टुन सोफिया मदिरा, एक कार्टुन ब्ल्याक रक्सी बरामद गरेको छ ।

पोखरीमा डुबेर नाबालिकाको मृत्यु

पोखरीमा डुबेर सिरहाको औरही गाउँपालिका–५ बबनटोलीमा एक नाबालिकाको मृत्यु भएको छ । सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर स्थानीय भरत यादवको अढाई वर्षीया छोरी अन्सु यादवको मृत्यु भएको हो ।

पोखरीमा डुबेर सिकिस्त भएकी अन्सुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र औरही लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस