२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो

अ+ अ-

ललितपुर । ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना दिनानुदिन बढ्दै गएको छ । ललितपुरमा सुगमभन्दा बढी विकट क्षेत्र रहँदा सचेतना अभावका कारण यस्ता घटना बढ्दै गएका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले बिहीबार आयोजना गरेको ‘ललितपुरमा मानवअधिकारको अवस्था’ विषयक कार्यक्रमा सहभागीले यस कुराको जानकारी गराएका हुन् । इन्सेक प्रदेश नं ३ का प्रलेख अधिकृत ज्योति शर्माका अनुसार सन् २०१७ भित्र मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ६४ महिला र सात पुरुष गरी ७१ जना पीडित भएका थिए ।

उनले भने, “सन् २०१८ मा ४९ महिला र पाँच पुरुष गरी ५४ व्यक्ति ललितपुरमा पीडित भएका थिए ।” सो वर्ष कुटपिटबाट एक, पक्राउबाट दुई र धम्कीबाट एक पुरुष पीडित भएका थिए भने जातीय भेदभावबाट एक र हत्याबाट एक महिला पीडित भएको बताइएको छ ।

सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्मको छ महीनाको समीक्षा अवधिसम्म इन्सेक ललितपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार बलात्कारका २८, यौन दुव्र्यवहारका पाँच, कर्तव्य ज्यानका २१, ज्यान मार्ने उद्योगका सात, मानव बेचबिखन तथा ओसारप्रसारको एक र राज्यविरुद्धको अपराधका चार गरी ६६ वटा जघन्य अपराधका घटना जिल्ला अदालत ललितपुरमा दर्ता भएका छन् ।

त्यसैगरी, ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले अनुसार बहुविवाह नौ र सम्बन्धबिच्छेदका २३८ गरी २४७ मुद्दा दर्ता भएको जानकारी दिए । महानगरीय प्रहरी परिसर जावलाखेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इञ्चार्ज शान्ता वाइवाले ललितपुरमा एक हजार ३०० प्रहरी कार्यरत रहेको जानकारी दिए।

वाइवाले भने, “३०० प्रहरी बिदा र बिरामीका कारणले अनुपस्थित हुन्छन् भने बाँकी एक हजार कार्य क्षेत्रमा खटिएका हुन्छन्, अनि कसरी ललितपुरको दुर्गम क्षेत्रमा गएर तत्काल समस्या समाधान गर्न सकिन्छ ?”

महिला अधिकारकर्मी रोशनी कार्माचार्यले ललितपुरमा मानवअधिकारको सुरक्षा अवस्था फितलो भएकाले त्यसमा ध्यान दिन आग्रह गरे । गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष टीकाराम दाहालका अनुसार दैनिक सरसफाइमा काम गर्ने श्रमिकलाई समाजले फोहरमैला आयो भन्नेजस्ता नकारात्मक शब्द प्रयोग गर्दा उनीहरुको अधिकार कुण्ठित भएको बताए ।

मानवअधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीका अनुसार समाजमा सामाजिक सद्भाव र एकताका लागि नैतिक शिक्षाको थप प्रभावकारितामा जोड दिनुपर्ने बताए । इन्सेक ललितपुरका प्रतिनिधि दीपकप्रसाद घिमिरेले ललितपुरका सार्वजनिक निकायले आफ्ना गतिविधिको कमीकमजोरी सुधार गर्दै सञ्चारमैत्री वातावरण सिर्जना गर्नुपर्ने खाँचो औँल्याए ।