२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाको एक पसलमा गोली चल्दा दुई जनाको मृत्यु

अ+ अ-

वासिङटन । अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् ।

पसलमा ग्राहक बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएका प्रहरीले जनाएको छ ।

त्यस गोलीकाण्डमा परी मारिएकामा पसलका दुई कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

त्यस घटनाका दोषी एक जनालाई प्रहरीले गोली हानी घाइते बनाएर नजिकैको अस्पताल पुर्‍याएको पनि स्थानीय एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

घटनास्थलमा प्रहरी पुग्दा सो पसलका दुई जना कर्मचारी गोली लागेको अवस्थामा ढलेका र उनीहरुको सोही पसलमै निधन भएको जनाइएको छ ।

साउथाभेन नगरका नगरप्रमुख ड्यारेन मुसेलह्वाइटले उक्त घटनालाई हिंसक व्यक्तिहरुबाट गराइएको एक दुर्घटना भनी टिप्पणी गरेका छन् ।

त्यस घटनामा परी भएको निधनले आफूलाई निकै मर्माहत बनाएको भन्दै उनले मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रहरीले उक्त घटनामा संलग्नलाई गोली हानेर पक्राउ गरी त्यहाँ सम्भावित अझ ठूलो क्षति हुनबाट जोगाएको नगरप्रमुख मुसेलह्वाइटले ट्वीटमार्फत जानकारी दिएका छन् । रासस/सिन्ह्वा