२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, ‘एक देश, एक निर्वाचन’को प्रस्ताव

अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब ‘एक देश, एक निर्वाचन” को अवधारणा लागू हुने बताएका छन् । भारतको ७३औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिए ।

लालकिल्लाबाट छैटौं पटक सम्बोधन गरेका प्रधानमन्त्री मोदीले भने, ‘जिएसटीले एक देश, एक करको सपनालाई साकार पारेको छ । ऊर्जा क्षेत्रमा पनि एक देश, एक ग्रीड प्रणाली कार्यान्वयनमा आइसकेको छ । अब एक देश, एक मोबिलिटी कार्डको प्रबन्ध हुँदैछ, र चाँडै हामी एक देश, एक निर्वाचनमा जानुको विकल्प छैन ।’

एक भारत, श्रेष्ठ भारतको सपना पूरा गर्न केही जरुरी कामहरु गर्नुको विकल्प छैन भन्दै प्रधानमन्त्री मोदीले काश्मिरका विषयमा लिइएको निर्णय पनि त्यसैको एक हिस्सा हो भने । उनले जम्मु काश्मिरलाई संविधानको धारा ३७० बाट हटाउने सरदार पटेल र अरु प्रमुख भारतीय नेताहरुहरुको चाहना आज पूरा भएको चर्चा गरे ।

उनले भने, ‘एक देश, एक संविधान – यो यथार्थमा हासिल भएको छ र भारत यसप्रति गर्व गर्दछ ।’

मुलुकको हित पहिलो हो भन्दै प्रधानमन्त्री मोदीले भने, ‘हामी भिन्नभिन्न किसिमबाट सोच्न सक्दछौं तर हाम्रा लागि भारत पहिलो हो । मेरा लागि भारतको भविष्य मुख्य कुरा हो र मलाई राजनीतिक भविष्यको चिन्ता छैन । राजनीति आउँछ जान्छ तर मुलुकको स्वार्थलाई केन्द्रमा राखेर गरिएका कदमहरु सर्वोपरी हुन् ।’

एक देश, एक चुनावको अर्थ भारतीय लोकसभा र राज्य सभाहरुमा एकै किसिमको चुनावी व्यवस्था हो ।

एएफपीका अनुसार ‘हामी समस्या निम्त्याउने वा त्यसलाई लम्ब्याउने पक्षमा थिएनौं र त्यसमा हाम्रो विश्वास पनि थिएन । नयाँ सरकार बनेको ७० दिन पनि नबित्दै धारा ३७० इतिहास बन्यो । संसदको दुई तिहाई बहुमतले पारित पनि गरिसकेको छ,’ प्रधानमन्त्री मोदीले भने ।

उनले जम्मु काश्मिर र लद्दाखमा रहेको पुरानो व्यवस्थाले भ्रष्टाचार, नातावाद र अन्याय मात्र बढेको चर्चा गर्दै पुरानो व्यवस्थाबाट महिला, बालबालिका, दलित, आदिवासी समुदायको अधिकार कटौती भएको दाबी गरे।

प्रधानमन्त्री मोदीले झण्डै ९२ मिनेट सम्बोधन गरेको यस कार्यक्रममा स्कुले बालबालिका समेत विभिन्न प्रदेशका झाँकीहरु प्रस्तुत गरिएका थिए । रासस/एएनआई