९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोमा परी एकको मृत्यु

अ+ अ-

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले किच्दा उनको हात, खुट्टा र टाउकामा चोट लागेको र सो दुर्गम स्थलमा दोभानेबाट स्वास्थ्यकर्मी पुग्न नपाउँदै राति नै मृत्यु भएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । उनले भने, “शनिबार साँझ पहिरो परेर उनी घाइते भएको थियो, त्यो ठाउँ विकट रहेकाले दोभाने भन्ने स्थानबाट स्वास्थ्यमर्की पठाउने तयारी गर्दागर्दै मृत्यु भएको भन्ने जानकारी आएको थियो ।”

सोही पहिरोमा परी भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज विष्ट र प्रसाद राई सामान्य घाइते भएका थिए । मृतक विष्टको शवपरीक्षणका लागि सङ्खुवासभाको खाँदबारी लगिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस