९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष तिमिल्सिना र आयरल्याणका सभामुख सेनबीच भेटवार्ता

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेल (Sean O Fearghail)  बीच शिष्टचार भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताए। दुई देशको सम्बन्ध, सहकार्य र अनुभव आदान-प्रदानका लागि दुई देशबीच उच्चस्तरीय भ्रमण जरुरी रहेको धारणा राखे।

अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संरचनाबारे जानकारी गराउँदै संघीय संसदको गठन तथा कानून निर्माणबारे जानकारी गराए। ‘संघीय संसदअन्तर्गत ५९ सदस्य रहेको राष्ट्रियसभामा सात प्रदेशबाट समान प्रतिनिधित्व रहेको छ,’ उनले भने, ‘राष्ट्रियसभामा ४० प्रतिशत महिला, प्रत्येक प्रदेशबाट एकजना दलित, एकजना अपाङ्ग वा अल्पसंख्यक रहने व्यवस्था छ र राष्ट्रियसभा अत्यन्त समावेशी छ।’

सो अवसरमा तिमिल्सिनाले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उल्लेख्य संख्यामा आयरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न सभामुखमार्फत आग्रह गरे। ‘तथ्यांकअनुसार आयरल्याण्डबाट वार्षिक करिब तीनहजार पर्यटक नेपाल आउने गरेका छन्,’ उनले भने, ‘अब त्यो संख्या तीसहजार पुग्ने विश्वास लिएको छु।’

नेपाल हिमालदेखि तराईसम्म भौगोलिक विविधता र प्राकृतिक रुपमा सुन्दर भएकाले भ्रमण गर्न आग्रह गरे। उनले आयरल्याण्ड युरोपियन युनियनको सदस्य राष्ट्र भएकाले नेपाली ध्वजावहाक जहाजलाई युरोपको आकासमा उडानका लागि खुल्ला गर्नका लागि पहल गर्न आग्र गरे।

त्यसैगरी आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले नेपालको संसदको निमन्त्रणामा न्यानो आतिथ्यताका साथ भ्रमण गर्न पाउँदा खुसी व्यक्त गरे। उनले आइरल्याण्डमा रहेका नेपाली नागरिकको सक्रियता र प्रेरणाका कारण नेपाल भ्रमणमा आएको उल्लेख गरे । आयरल्याण्ड सानो मुलुक भएपनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए ।

सभामुख सेन नेतृत्वको टोलीमा सांसदहरु मौरिन सुल्लिभान, क्याथरिन नूनलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस