२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक : उपप्रम यादव

अ+ अ-

परासी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले निजी क्षेत्रको सहभागिताबिना मुलुकको समृद्धि सम्भव नहुने बताएका छन् । सरकारी–निजी साझेदारी अवधारणाबाट मात्रै विकास र समृद्धि प्राप्त हुने उनको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ पश्चिम नवलपरासीले आज परासीमा गरेको स्वागत कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने, ‘सरकारले त आर्थिक विकासको बाटो खोल्दिने हो, निजी क्षेत्रसँगको साझेदारीबिना सरकार एक्लैले समृद्धि ल्याउन सक्दैन्, निजी–सरकारी साझेदारीबाटै मुलुकको विकास गर्नुपर्छ ।’

मन्त्री यादवले स्वदेशी व्यवसायी उत्साहित नभई विदेशी लगानी पनि नभित्रिने भएकाले लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । ‘उद्योग व्यापार वृद्धि नभई रोजगारी बढ्दैन, राज्यको आय पनि बढ्दैन, गरीबी पनि घट्दैन्, लगानीको वातावरण र करको दायरा फराकिलो बनाउन हामी छलफल गर्छौँ’ उनले भने।

अर्को प्रसङ्गमा उपप्रधानमन्त्री यादवले नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नीतिमा आफूहरुको असहमति रहेको बताए । मन्त्री यादवले सीमा क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताउँदै भारतीय सवारी साधनमा कडाइ गरिएको विषयमा पुनःविचार आवश्यक रहेको धारणा व्यक्त गरे ।

मन्त्री यादवले सुनवलमा अस्पताल बन्ने निश्चित भइसकेको र बजेट पनि पठाएको उल्लेख गर्दै राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापनाका लागि सोच्न सकिने बताएका थिए ।

सो अवसरमा नवलपरासी उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले परासीमा रहेको पृथ्वीचन्द्र अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने, सुनवल नगरपालिका–८ मा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्याको अस्पताल बनाउँदा सबै नगरवासीलाई अपायक हुने हुँदा उपयुक्त स्थान वडा नं ५ वनकट्टीमा उक्त अस्पताल बनाउनुपर्ने वा ट्रमा सेन्टरको लागि स्वीकृति दिनुपर्ने, नवलपरासीमा सुविधा सम्पन्न शिक्षण अस्पतालको लागि पहल गरिदिन आग्रह गरेका थिए ।

उनले महेशपुर भन्सारमा पूर्वाधार अभावको समस्या रहेको जानकारी गराउँदै आवश्यक पहलका लागि पनि ध्यानाकर्षण गराएका थिए ।