२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवसेवा आश्रमलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

अ+ अ-

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बेसहारा रहेकालाई उद्धार गरी आश्रय दिने संस्था मानवसेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट रु एक करोड सहयोगको घोषणा गरेका छन् ।

भक्तपुर कौशलटारस्थित सो संस्थाको नयाँ शाखाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको अक्षयकोष स्थापना र अन्यका कामका लागि हुने गरी सो रकम सहयोग गरिने जनाए । निःस्वार्थ र समाजसेवी भावनाले सो संस्थमा आबद्धको अभियानबाट आफू प्रभावित भएकाले सरकार र स्थानीय तहले यस्तो अभियानमा सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

उनले नेपाललाई चाँडै सडक बेसहारा र सडक बालबालिकामुक्त देश घोषणा गर्न सरकारी र मानवीय मन भएका सबैको पहल हुनुपर्नेमा जोड दिए । उनले भने, ‘मुलुकको समृद्धि केवल आर्थिक समृद्धि मात्र होइन, हामी मन र सभ्यताको समृद्धिको तहमा पनि पुग्नुपर्छ । केही नगरी केवल हल्ला र विरोध गरेर हिँड्नुको साटो यस्तै समाजसेवामा लाग्नु धेरै उचित हुनेछ ।’ मकवानपुरमा मुख्यालय रहेको सो संस्थाले मुलुकका विभिन्न १४ स्थानमा यस्तै आश्रममा गरी करीब ८०० बेसहारालाई पालनपोषण गर्दै आएको छ ।