२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोजर काण्ड : थप तीन विरुद्ध मुद्दा दर्ता

अ+ अ-

बैतडी । सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनीहरुलाई लागेको आरोप प्रमाणित भएमा कानूनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

यसअघि डोजर चालक किशोर बोहरालाई मङ्गलबार अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । ग्वाल्लेकमा सडक निर्माणका क्रममा सोमबार कात्तिक ४ गते दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीयवासी गौरी जोशीलाई हुत्याएको थियो । डोजरले हुत्याउँदा घाइते भएकी गौरी कोहलपुरमा उपचारपछि ‘डिस्चार्ज’ भएकी छन् । चिलाउनेदेखि पार्ससम्म सडक निर्माणका क्रममा निर्माण पक्षले जबर्जस्ती गर्दा घटना भएको जग्गाधनी पक्षले आरोप लगाएको छ । तर निर्माण पक्षले भने जग्गाधनी पक्षले पहिला ढुङ्गामुढा गरेको आरोप लगाएको छ । दुई पक्षबीच झडप हुँदा गौरीसहित आठ जना घाइते भएका थिए ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले छानबिन टोलीसमेत गठन गरेको थियो । मङ्गलबार गठित समितिले शुक्रबार प्रतिवेदन बुझाउने भएको छ । समितिले बुधबार स्थलगत अध्ययनसमेत गरेको थियो ।रासस