९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व तिहार : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिको विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताएका छन्। यमपञ्चक (तिहार) अर्थात् दिपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको बताए ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “तिहार प्रकृतिसँग र पशुपक्षीसँग मिलेको छ, काग, कुकुर, लक्ष्मी (गाई) र गोरुको पूजा गरिन्छ, त्यसैले प्रकृतिका विभिन्न पक्षबीचको सन्तुलनसमेत यस पर्वमा प्रतिबिम्वित हुन्छ ।” उनले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताउँदै सन्देशमा भनेका छन्, “उज्यालोको चाड भएकाले यसलाई दिपावली पनि भनिन्छ, दीप अर्थात् उज्यालोको प्रतिक बत्ती बालेर चाड मनाउने गरिन्छ, तिहार सयपत्री, मखमलीलगायत फूलहरु प्रयोग हुने चाड हो ।”

“परिवारका सदस्य खासगरी दिदीभाई–दाजुबहिनीको मिलनको चाड पनि भएकाले यसलाई उज्यालोको चाड, मिलनको चाडका रुपमासमेत लिन सकिन्छ”, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । उनले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस