३ मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा १ हजार २०० मेगावाट क्षमताको हावा, सौर्य र ऊर्जा भण्डारण परियोजना ग्रिडमा जोडियो

अ अ+ अ-

काठमाडौँ । चीनको उत्तरपश्चिमी निङ्सिया क्षेत्रमा निर्माण गरिएको १ हजार २०० मेगावाट क्षमताको हावा, सौर्य तथा ऊर्जा भण्डारण परियोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । 

बुधवारदेखि पूर्ण रूपमा ग्रिडमा जोडिएको यान्ची गाओशावो परियोजनाले विद्युत् उत्पादन गरी आपूर्ति शुरु गरेको हो । परियोजनामा ९२० मेगावाट क्षमताको सौर्य ऊर्जा, २८० मेगावाट क्षमताको वायु ऊर्जा र ३२० मेगावाट तथा ६४० मेगावाट आवर क्षमताको ऊर्जा भण्डारण प्रणाली समावेश गरिएको छ ।

 परियोजनाका प्रमुख सुन चुङगाङका अनुसार एउटै क्षेत्रमा हावा, सौर्य र ऊर्जा भण्डारण पूर्वाधार निर्माण गर्नु यसको प्रमुख विशेषता हो । अधिकांश वायु टर्बाइन सौर्य प्यानल जडान गरिएका क्षेत्रमा राखिएकाले एउटै जमिनबाट दुई प्रकारको विद्युत् उत्पादन गर्न सकिने उनले बताए। ऊर्जा भण्डारण प्रणालीको समन्वयमा हावा र सौर्य ऊर्जालाई स्थिर तथा नियन्त्रणयोग्य हरित विद्युतमा रूपान्तरण गरी औद्योगिक विकासमा सहयोग पुर्‍याउने उनको भनाइ छ । निर्माणका क्रममा जमिन पुनर्स्थापना र घाँस रोप्ने कामसमेत गरिएको परियोजनाले जनाएको छ ।

 सौर्य प्यानलमुनिको जमिनमा घाँस उम्रिएपछि बालुवा नियन्त्रण र मरुभूमीकरण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । परियोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक २ अर्ब २५ करोड किलोवाट आवर स्वच्छ विद्युत् उत्पादन हुने अनुमान छ । यसबाट वार्षिक करिब १८ लाख ७० हजार मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सकिने अपेक्षा गरिएको छ ।

0 Comments