९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली चलचित्र जगतलाई अगाडि बढाउन राष्ट्रपतिको जोड

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पुर्‍याउनुपर्ने बताएकी छन् । नेपाली चलचित्र प्रदर्शन ५४ औँ वर्षमा प्रवेश गरेका उपलक्ष्यमा वीरगञ्जमा आयोजित ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६’ को आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक, भाषिक क्षेत्रको विकासमा ठूलो योगदान पुर्‍याएको नेपाली चलचित्र जगत्लाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिइन् । तीन दिनसम्म चल्ने महोत्सवमा ६ भन्दा बढी चलचित्र प्रदर्शन गरिने छन् ।

‘प्राकृतिक छटाले भरिपूर्ण रहेको तथा प्रकृतिको काखमा अवस्थित यो प्रदेशमा आयोजित यस कार्यक्रमले चलचित्र क्षेत्रको विकासमा थप टेवा थपेको छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘चलचित्रको कारण देशको गौरवको बढेकाले यसलाई सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ ।’ राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्ने पनि बताइन् । उनले स्वच्छ, स्वस्थ, स्वतन्त्र रुपमा निर्माण गर्नुपर्ने बताउँदै निर्माताहरुलाई समाजमा व्याप्त रहेको बोक्सी प्रथा, बालविबाह, दाइजो प्रथा जस्ता कुरीतिको विरोधमा सकारात्मक चलचित्र बनाउन सुझाव दिइन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली चलचित्रका प्रथम छायाकार बैकुण्ठ मास्के र सम्पादक तीर्थराज श्रेष्ठलाई स्वर्णीम सम्मान प्रदान गरिन् भने केडिया समूहका तर्फबाट प्रदीप केडियालाई सम्मान हस्तान्तरण गरिन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रलाई मनोरञ्जनका रुपमा मात्र नलिएर यसमा नयाँनयाँ सिर्जना गरी हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्नुपर्ने तथा चलचित्र क्षेत्रको विकासमा सरकार मात्र नभएर निजी क्षेत्र पनि अग्रसर हुनुपर्ने बताए। चलचित्र निर्मातालाई सिर्जनात्मक तथा नेपालीपन एवं मौलिकतालाई ध्यानमा राखी चलचित्र निर्माण गर्न पनि उनले आह्वान रे ।

नेपाली चलचित्रको विकासका लागि वर्तमान सरकार नयाँ कानुन निर्माणतर्फ अग्रसर रहेको जानकारी उनले दिए। मैथिली भाषाका कविकोकिल विद्यापतिलगायत अन्य विभूतिले भाषा तथा संस्कृतिको विकासमा दिएको योगदान बिर्सन नहुने बताए।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय सिने स्टार गोविन्दाको नाम लिनेहरु कार्यक्रममा बढी देखिएको तर हाम्रै देशमा रहेका कलाकारलाई बिर्सिने गरेको बताउँदै निर्माताले चलचित्र बनाउँदा समाजले मागेको कथावस्तु दिन सक्नुपर्छ भने। सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालगायतले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस