२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक प्रशासनमा पर्यावरण

अ+ अ-

निश्चित लक्ष्य एवं उदेश्य हासिल गर्नको लागी उपलव्ध सो्रत साधनको उचित एवं प्रभावकारी परिचालन तथा व्यवस्थापन गर्ने सम्वन्धमा गरिने समग्र क्रियाकलापहरुको एकिकृत स्वरुपलाई सार्वजनिक प्रशासन भनिन्छ । प्रशासनले मुलुकको आर्थिक सामाजिक एवं सार्वजनिक सेवा प्रवाहलाई वस्तुनिष्ठ तवरले जननिकट पुर्‍याउन ध्यान केन्द्रित गरीे सार्वजनिक हित र कल्याणलाई आफ्नो साध्यको रुपमा लिने हुनाले नै यसलाई सार्वजनिक प्रशासनको रुपमा स्वीकार गरिएको हो ।

सार्वजनिक प्रशासनमा पर्यावरण भन्नाले विद्यमान कर्मचारीतन्त्र वा प्रशासकहरुको दृष्टिकोण कार्यशैली व्यावहार मनोवृत्ती को साथै अन्य सामाजिक संघसंस्था, संगठन एव निकायहरुको कार्यप्रकृया तथा शैली राजनीतिक आर्थिक सामाजिक सांस्कृतीक नैतिक लगाएतका बाह्य एव आन्तरिक वातवरणको विचमा रहेको अन्तरसम्वन्ध तथा त्यसवाट उत्पन्न असर र प्रभावहरुको समष्टिगत स्वरुपलाई जनाउँछ ।

सार्वजनिक प्रशासन एक निरन्तर सक्रिय गतिशिल विज्ञान हो । यसका गतिविधि कहिल्यैपनि Vacuum नरही Social System अन्तर्गत एक उप–प्रणालीका रुपमा निरन्तर रहिरहने हुनाले यसवाट समाजका हरेक विषयहरु, राजनीतिक क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्र सास्कृतिक एवं पर्यावरणको सम्वन्ध सार्वजनिक प्रशासनमा अन्तरनिहित रहिरहेको अवस्था छ ।

प्रशासनिक संयन्त्रलाई देश समय परिस्थिति व्यावहार शासकीय एव प्रशासनिक पद्वती जनताको रुचि चाहना आवश्यकता र अनुकूलता अनुसार परिर्वतन एव समयसापेक्ष वनाउनका साथै सांगठनिक संरचना पद्वती संयन्त्र पुर्नसंरचना गर्नको लागी समेत पर्यावरणको सुक्ष्म रुपमा अध्यायन र विश्लेषण गर्नुपर्ने आजको आवश्यकता रहेको छ । सार्वजनिक प्रशासनको नियमित कार्यसम्पादन सामाजिक मूल्यमान्यता चालनचलन कार्यपद्वती संस्कार एवं अर्थिक अवस्था राजनीतिक चेतना परिवेशले महत्वपूर्ण स्थान राख्दछ प्रशासन संचालन व्यवस्थापन गर्ने संयन्त्र, व्यक्ती, प्रशासकहरुको कामकारवाहि, बानी व्यहोरा चालचलनको प्रत्यक्ष प्रभाव सार्वजनिक प्रशासनको क्षेत्रमा देखीने हुदा नेपाल जस्तो विकास उन्मुख देशमा त प्रशासन र पर्यावरणको प्रभावकारी अध्ययन गरी योजना लक्ष्य उद्वेश्य एवं कार्यक्रम तय गर्नुपर्ने अवस्था रहेको छ त्यसैले

♦  Civil Engagement VS public Participation

♦  Body of People VS Sprit of People

♦  Work VS  Team work

♦  Culture VS  Social

♦  Risk Showing VS Risk Sharing

♦  Technique VS Technology

♦  General VS Specific

♦  Globalization VS Localization

यी उपरोक्त मान्यता अनुरुप व्यावहारीक विश्लेषण वाट प्रशासनका पर्यावरणीय पक्षलाई आत्मसाथ गदै जादा अवको प्रशासन पर्यावरण अनुकूलको प्रशासन हुनेमा सन्ध्य नै छैन ।

सार्वजनिक प्रशासनमा पर्यावरणीय प्रभाव पार्ने पक्षहरु

क) राजनीतिक पक्ष :
♦  राजनीतिक एवं शासकिय प्रणाली
♦  राजनीतिक संयन्त्र एव संस्थाको विकास स्तर
♦  राजनीतिक दलहरुको अवस्था
♦   निर्वाचन प्रणली शासकहरुको व्यावहार
♦   प्रतिनिधित्व एवं समकक्षताको स्तर
♦  नेतृत्व क्षमता र प्रतिनिधित्व प्रणली

ख) अर्थिक पक्ष :
♦  आथिक वृद्वि विकासको स्तर
♦  आन्तरिक एवं वाह्य सा्रेतको परिचालन अवस्था
♦ रोजगारी संयन्त्र एवं वेरोजगारी अवस्था
♦  मुलुकले अवलम्वन गरेको आर्थिक नीति योजना कार्यक्रम
♦  मुलुकको प्रतिब्याक्ती आय ,आर्थिक विद्वि र विकासको अवस्था
♦  सार्वजनीक निजी साझेदारी द्वारा विकास कार्यअवस्था
♦  ग्रामिण सहरी उत्पादन एवं उत्पादकत्व अवस्था

ग ) सामाजिक तथा सास्कृतिक पक्ष :
♦  सामाजिक मूल्यमान्यता धारणा संस्कार संस्कृती
♦  शिक्षा तथा चेतनाको अवस्था
♦  सामाजिक ,पारीवारिक एवं धार्मिक संरचना र अन्तरसम्वन्ध
♦  जाति भाषा वर्ग क्षेत्र सम्प्रदाय एवं विविधता व्यावस्थापन
♦  रहनसहन परम्परा संस्कार मान्यता

घ ) प्रशासनिक पक्ष :
♦  कार्यविधि कार्यप्रकृया एवं कार्य प्रणाली
♦  निणर्य एवं निर्देशनको तह
♦  प्रशासनमा व्यावसायीकता को स्तर अवस्था
♦  कार्यसम्पादन प्रभावकारी वनाउने क्षमता
♦  परिर्वर्तित संरचना व्याभार व्यावस्थापन
♦  प्रशासन सुधार अपेक्षाको स्तर ।

ङ ) अन्य पक्ष :
♦  परिवर्तित विज्ञान र प्रविधिको विकास
♦  उदारीकरण ,निजीकरणको विकास
♦  क्षेत्रिय एवं अन्तराष्ट्रिय पद्वतिको प्रभाव
♦  विदेशी सहयोग सहकार्य प्रकारको अवस्था
♦  Global Change आत्मसाथ गर्ने क्षमता
♦  जनसंख्या आकार प्रकार पेशा रोजगारीको अवस्था
♦  नैतिकता सदाचारीताको अवस्था

अन्ततः सार्वजनिक प्रशासनका गतिविधिलाई सवल प्रभावकारी एवं नतिजामुखी वनाउदै सार्वजनिक सेवा नागरीक समक्ष पु¥याउनु भन्दा अगाडी आर्थिक सामाजिक साँस्कृतीक एवं शासकिय वातवरणका पक्षहरुलाई सुक्ष्म विश्लेषण गदै प्रशासन लाई  Socially = Acceptable,  Economically = Viable, Institutionally = Implementable, Administratively = Participations, Culturally =Assimilation बनाउनुको कुनै विकल्प छैन ।