९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभिनेत्री पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो ।

यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सो अन्तरिम आदेशका साथै रिट निवेदन आज खारेज भएको छ ।

फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटनमा अभिनेत्री पोखरेलले दायर गरेको रिट निवेदनमा जिल्लाको सदर गरेपछि सर्वोच्च अदालतमा वारेसमार्फत रिट निवेदन दर्ता गरेकी थिइन् । सो निवेदन आज खारेज भएको छ ।

प्रतिक्रिया दिनुहोस