२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्तला किसानलाई बजारको चिन्ता

अ+ अ-

डोटी । जिल्लाका ग्रामीण क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकामा खुशी भएका यहाँका ग्रामीण क्षेत्रका किसान बजार पाउनेमा चिन्तित बनेका छन् ।

‘वर्षभरि गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो, तर दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा चिन्तामा छौँ’, निरौलीका सुन्तला किसान हर्क साउदले भने । करीब एक दशकअघिदेखि सुुन्तला खेती गर्दै आएका उनले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि बजारको अभावले किसानलाई चिन्तित बनाएको बताए ।

बजारमा अझै पनि सुन्तलाको भाउ आइनसकेको र आफूहरु बजारकै खोजीमा रहेको उनले जानकारी दिए । सुन्तला, मौसमी, जुनार, कागतीलगायतका अमिलो जातका फलफूलको खेती गर्दै आएका साउदले वर्षमा करीब रु एक/डेढ लाख जति आम्दानी गर्छन् । सुन्तलाको फल लागेर पाक्ने बेलामा परेको असिनापानीले क्षति पुर्‍याए पनि यस वर्ष जिल्लाका ग्रामीण क्षेत्रमा सुन्तला भने राम्रै उत्पादन भएको किसान बताउँछन् ।

त्यस्तै बजार व्यवस्थापन र शीतभण्डारको अभावले गर्दा पनि यहाँका सुन्तला उत्पादक किसान मर्कामा पर्ने गरेका छन् । पहिलेका वर्षहरुमा यहाँका किसानका बारीमा सुन्तला किन्न आउने भए पनि यो वर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएका गड्सेराका अर्का सुन्तला किसान लीलाधर विष्टले बताए ।

उनले भने, ‘विगतका वर्षमा सुन्तला व्यापारीले बारीमै मूल्य निर्धाण गर्थे, यो वर्ष सुन्तला जताततै फलेकाले अहिलेसम्म कोही आएका छैनन् ।’ जिल्लाका बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारालगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला खेती गरिने गरिएको जिल्ला कृषि एकाइ कार्यालयले जनाएको छ ।