१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकको पखाईमा चराङ गुफा

अ+ अ-

ठिनी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको अनौठो गुफा पर्यटकको पर्खाइमा छ ।

पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको चराङ गुफा ओझेलमा परेको हो । संरक्षण, प्रचारप्रसार र व्यवस्थापनको कमीले गुफामा पर्यटक भित्र्न सकेका छैनन् । हजारौं वर्ष पुरानो गुफा सम्भवत् नेपालकै ठूलो भएको दाबी वडाध्यक्ष टसी ढुण्डी ठकुरीको छ ।

‘सात वटा तला र करीब १५० वटा कोठा छन्’ वडाध्यक्ष ठकुरीले भने,’पहाड खोपेर बनाएको यो गुफा उपल्लो मुस्ताङको मानव सभ्यतासँग जोडिएको छ ।’ गुफाभित्र कुनै समय पूरै गाउँ भएको जस्तो देखिन्छ ।

पहाडभित्र तला तला र कोठा–कोठा छन् । छिर्ने र निस्कने एउटै प्रवेशद्वार भए पनि भित्र फरक–फरक कोठा छन् । ती कोठामा सुत्ने, ध्यान बस्ने, गुम्बा, शौचालय, बैठक, घाम ताप्ने ठाउँ छन् । अन्न भण्डारण गरेर राख्ने ठाउँ पनि छ ।

स्थानीयवासीका अनुसार परापूर्वकालमा तिब्बतियन समूहको आक्रमणबाट बच्न स्थानीयवासी गुफामा लुकेर बसेका थिए । गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा स–साना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि भेटिन्छ ।

गुफाभित्र पुग्दा अर्कै संसारको अनुभूति हुन्छ । तिब्बत्सँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको छोसेरमा पनि यस्तै प्रकृतिको झोङ गुफा छ । लोमान्थाङ, छोसेरको झोङ र चराङको गुफाभित्र अनौठा विभिन्न कलाकृति र सामग्री छन् ।

झट्ट हेर्दा प्राचीनकालको तारे होटलजस्तो देखिने गुफाको ऐतिहासिक महत्व र सम्भावना रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए । चराङ गुफा, दरबार र गुम्बालाई संरक्षण र प्रचारप्रसार गरी पर्यटकीयस्थलको रुपमा विकास गराउन पहल थालिएको उनले बताए ।

सोही गाउँपालिकाको मराङमा रहेको गुम्बा नेपालकै पुरानो मानिन्छ । चराङ गुफामा पर्यटक भित्र्याउन स्थानीयवासी र गाउँपालिकाले पूर्वाधार र प्रचारप्रसारमा जोड दिएका छन् । गत वर्ष गाउँ संरक्षण व्यवस्थापन समितिले चराङ गाउँदेखि गुफातर्फ जाने एक सय मिटर भन्दा बढी पदमार्ग बनाएको छ ।

यसवर्ष पनि गुफाको पर्यटन विकासका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए । बेनी–जोमसोम–कोरला सडकको चराङ खण्डदेखि बीस मिनेट पैदल हिँडेपछि चराङ गुफामा पुग्न सकिन्छ ।

जोमसोम–कोरला सडकमा दैनिक सयौं गाडीमा पर्यटक आवतजावत गरे पनि चराङ गुफा सुनसान छ । संरक्षण व्यवस्थापन समिति चराङका अध्यक्ष माया विष्टले गुफा, गुम्बा र ऐतिहासिक दरबारलाई समेटेर चराङमा पर्यटक भित्र्याउन सकिने बताए । सडक विस्तारसँगै ओझेलमा परेको चराङको पर्यटन विकासका लागि प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा जोड दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस