२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वदेशी उद्योगलाई प्राथमिकतामा राखौँ, उद्योग दिवस गर्वका साथ मनाऔँ’

अ+ अ-

सामान्यत: उद्योग भनेको कुनै पनि कच्चा पदार्थलाई सीप, पूंजी तथा प्रविधीको प्रयोग गरी, प्रशोधन गरेर परिष्कृत सामानहरुको रुपमा उपलब्ध गराउने भन्ने आर्थिक प्रकृया बुझिन्छ। कुनै पनि उद्योगको सञ्चालनगर्दा केही महत्वपूर्ण तत्वहरु रहेका हुन्छन ;

१. सीप
२. प्रविधी
३. पूंजी
४. बजार

विकासशील  देशको रुपमा रहेको हाम्रो देशको अर्थतन्त्रमा औधोगिक  क्षेत्रको  समग्र विकास  आवश्यक छ । औधोगिक  क्षेत्रको विकास  अर्थतन्त्रमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। देशमानै रहेको स्थानिय श्रोत साधन तथा सीपको व्यवसायिक उपयोग गरी रोजगारीको अवसरहरु सिर्जना हुने हुँदा यस्ले  बिशेष गरेर देशभित्र  अवसर नपाएर विदेशमा पलयान हुन बाध्य भएका जनशक्तिलाई देशमै रहेर केही गरौ भन्ने प्रेरणा तथा हौसला दिन्छ। हाम्रो जस्तो अर्थतन्त्रमा त उद्योगले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।  नेपालको कुल  ग्राह्यस्थ  उत्पादनमा १३% औधोगिक क्षेत्रले योगदान गरेको तथ्याङ्कले देखाउछ।   नेपालमा उद्योगको प्रकृतिको रुपमा विभाजन गर्दा देहायका उद्योगहरु प्राथमिकता पाई   संचालनमा रहेको पाइन्छ

  • उत्पादनमूलक उद्योग
  • उर्जामूलक उद्योग
  • कृषि तथा बनजन्य उद्योग
  • खनिज उद्योग
  • पर्यटन उद्योग
  • सेवा उद्योग
  • निर्माण उद्योग

नेपालको समग्र विकासका लागि उद्योगको महत्वलाई मध्यनजर गर्दै वर्तमान संविधानमा ,”राष्ट्रिय अर्थतन्त्रको विकासका लागि राष्ट्रिय उद्योगधन्दा र साधन स्रोतको संरक्षण र प्रवर्धन गरी नेपाली श्रम, सीप र कच्चा पदार्थमा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिने”  भन्ने नीति अङ्गीकार गरिएको छ, जस्को लागि सबै सरोकारवाला निकायको समन्वय तथा सहयोग आवश्यक छ।

स्वदेशी उद्योग  तथा स्वदेशी उधमिहरुलाई प्राथमिकता किन?

  • स्थानीय श्रोत ,कच्चा पदार्थ , सीप साधनको अधिकतम उपयोग गरी रोजगारीको अवसर सिर्जना हुने हुँदा,
  • स्वदेशी उद्योगहरुको समुचित विकास हुँदा देशको समग्र अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने हुँदा,
  • स्वदेशमा नै दैनिक उपभोगका सामानहरु उत्पादन हुँदा निर्यातमा भार कम पर्ने ,
  • स्वदेशकै सामानहरु प्रयोग गर्दा  , देशको मौलिक संस्कृति सम्पदा प्रबर्धन हुने।

प्रोत्साहन कसरी गर्ने?

  • उद्योगहरु सम्बन्धित कानुनी तथा नितिगत प्रकृयालाई समय सान्दर्भिक तथा लचिलो बनाइ, उधमिहरुलाई प्रोत्साहन गर्ने
  • स्वदेशी उधमिहरुलाई बिभिन्न प्रकृतिको सीप बिकास तथा उधमशिलता बिकास तालिम प्रदान  गर्ने तथा महिला ,बिपन्न बर्गका उधमिहरुलाई निशुल्क तालिम व्यवस्था  गर्ने। उद्योग दर्ता तथा अन्य प्रशासनिक  प्रकृयालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यबिधी तयार गर्ने
  • स्वदेशी सामानहरु बजारमा प्राथमिकता  दिन आकर्षक प्याकेजिंग, मार्केटिंग तथा विज्ञापन गर्ने,
  • एक द्वार नीति मार्फत उधमीहरुलाई उद्योग दर्ता,नविकरण,खारेजी, शाखा बिस्तार, पुंजी वृद्धि जस्ता सेवाहरु प्रदान गरि उधमिहरुलाई सहजीकरण गर्ने,
  • देशमा तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संभाव्य उद्योगहरुको प्रविधि विकाश तथा विस्तार गर्ने ,
  • देशका विभिन्न ठाउंहरुमा फैलिएका उद्योगहरुको तथ्याङ्क राख्ने तथा अद्यावधिक गर्ने

” उद्योग र पुर्वाधार, समृद्धिको आधार” भन्ने नाराका साथ यस वर्ष ५ औ उद्योग दिवस हामी सबै नेपालीहरुको लागि गर्वको विषय हो, यस नारालाई मनन गर्दै हामीले हाम्रो देशमा संचालन हुने उद्योगहरु, हाम्रा स्वदेशी उत्पादन हरुको पनि सम्मान  गर्नु पर्छ, उदयमान अर्थतन्त्र  निम्ति उद्योग क्षेत्र को समग्र विकाश महत्वपूर्ण छ,जबसम्म हामीले हाम्रो स्वदेशी उद्योग, स्वदेशी सामानहरु गर्वका साथ आत्मसाथ गर्दैनौ तबसम्म उद्योग क्षेत्रको विकाश सम्भव हुदैन।

                                   –  रजनी  रेग्मी  घरेलु तथा साना उद्योग कार्यालय, त्रिपुरेश्वोर।