२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुरो नभएको संसारकै सबै भन्दा सानो गाईको प्रजाति : लुलु गाई                                 

अ+ अ-

१) परिचय :लुलु जातको गाई नेपालमा पाईने स्थानीय जातका सात वटा गाईका प्रजाति मध्ये जुरो नभएको (Hump Less) गाईको प्रजाति हो । यो जातको गाई समुद्रसतहबाट २५९० देखि ४००० मीटर सम्मको उचाईमा पाल्न सकिन्छ । यसले थोरै घासपात र आहारामा पनि राम्रो उत्पादन दिने गर्दछ । यसको संख्या दिन प्रतिदिन घटदै गईरहेको छ । यो दूध, मल , खेत जोत्नको लागि उपयोग गरिन्छ । यस जातको गाईले पहिलो पटक साँढे खोज्ने उमेर ३०-३८ महिना, पहिलो पटक व्याउने उमेर ४०-६० महिना, एक वेतदेखि अर्को वेतको अन्तर १२ देखि २४ महिना हुन्छ । यस गाईको औसत आयु करिव २० वर्ष हन्छ । भने अन्य रैथाने जातका गाई भन्दा गर्भधारण अवधि कम हुन्छ । यो जातको गाई पर्यटकहरुको लागि आकर्षक भएकोले पर्यटन प्रवर्द्धनको लागि पनि महत्वपूर्ण मानिन्छ ।

२) स्पेसिज :-जुरो नभएको (Bos Taurus)

३) उत्पत्ति :- यस जातको गाईको उत्पत्ति स्थान मुस्ताङ जिल्लामा भएता पनि मनाङ  र डोल्पा जिल्लामा समेत पाईन्छ ।

४) विशेषता :- यस गाईको प्रमुख विशेषता हिमली भेगमा पाइने जुरो नभएको ( Hump Less) संसार कै सवैभन्दा सानो गाईको प्रजाती हो । यो सुख्खा, चिसो हावापानीमा हुर्कन सक्ने क्षमत भचएको, छोटो कद, छोटा खुट्टा, लामो पुच्छर र वाक्लो रौं हुन्छन । थोरै र कमसल खालको आहारा खाएर पनि राम्रो उत्पादन दिन्छ ।

५) रंग :- यो गाई कालो, खैरो, खरानी, सेतो, सेतो–कालो, टाटेपाटे लगायत अन्य रंगका हुन्छन ।

६) जिवीत शारिरिक तौल :-  सामान्यतया यस जातको गाईको औसत शारिरिक तौल करिव ६८ देखि १५३ किलोग्राम भए पनि यस जातको वयस्क साँढेको शारिरिक तौल १५०-२२५ के.जी. र माउको शारिरिक तौल १२०-१६० के.जी. सम्म हुन्छ ।

७) दुध उत्पादन :- यस गाईको दैनिक औषत दुध उत्पादन १.६ लिटर हुन्छ । (०.६ देखि ३.६५ लीटर दैनिक दूध उत्पादन ) र दूध दिने अवधि १८० देखि २१० दिन रहेको छ ।

८) दुधको गुणस्तर  :-  यस गाईको दुधमा चिल्लो पदार्थ (Fat) ३.६%, चिल्लो रहित ठोस पदार्थ (SNF) १०.९% र प्रोटिन ३.८% रहेको पाईन्छ ।

) निष्कर्ष :-  लुलु गाई जुरो नभएको संसारकै सबै भन्दा सानो गाईको प्रजाती हो । कमसल  खालको आहारा तथा व्यवस्थापनमा पनि राम्रो दूध उत्पादन हुने गर्दछ । उचित आहारा व्यवस्थापन, गोठ व्यवस्थापन, प्रजनन् व्यवस्थापन, पशु स्वास्थ्य व्यवस्थापन, बजार प्रवर्द्धन र असल पशुपालन अभ्यास (Good Husbandry Practice – GHP) अवलम्वन गर्न सकेमा घट्दै गएको गाई संख्या संरक्षण गर्न मद्दत पुग्दछ । यो जातको गाईलाई व्यवसायिक रुपमा आधुनिक प्रविधियुक्त तवरले पालन गर्न सकेमा दूध उत्पादन तथा उत्पादकत्वमा समेत वृद्धि हुन गइ कृषकहरुको जीवन स्तरलाई उकास्न मद्दत पुग्दछ । यो जातको गाई पर्यटकहरुको लागि आकर्षक भएकोले पर्यटन प्रवर्द्धनको लागि  महत्वपूर्ण हुनुको साथै कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुग्न गइ नेपाल सरकारको ”समृद्ध नेपाल, सुखी नेपाली नारा साकार हुन सहयोग पुग्ने देखिन्छ ।

स्रोत सामाग्री

  • पौडेल, डा.लोकनाथ, लुलु तथा अछामी गाईको वर्तमान अवस्था प्राविधिक मापन तथा पहिचान
  • पौडेल,श्री रुद्र प्रसाद,व्यवसायिक गाई भैंसीपालन प्रविधि, राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन, ललितपुर
  • साह, श्री मनोज कुमार, हिमाल पारीको रैथाने लुलु गाई, समृद्ध कृषि डेरी विशेषाङ्क २०७१ कार्तिक
  • कृषि डायरी, २०७१ कृषि सूचना तथा सञ्चार केन्द, हरिहरभवन

नाथ राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय, हरिहरभवन, ललितपुरका पशु विकास अधिकृत हुन्