२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेशमा सात वडा अध्यक्षको लागि उप निर्वाचन हुँदै

अ+ अ-

डोटी । मंसिर १४ गते हुन गइरहेको उप निर्वाचनमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सात वडाध्यक्षका लागि निर्वाचन हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले दिएको जानकारी अनुसार सात वडाध्यक्ष पदकालागि २१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदै छन् । बाजुराको त्रिवेणी नगरपालिका–१ को वडाध्यक्षका लागि हुने निर्वाचनमा तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

बैतडीको सुर्नाया गाउँपालिका–१ को वडाध्यक्षका लागि दुई जना, पुरचौंडी नगरपालिका–४ मा तीन जना र दोगडाकेदार गाउँपालिका–४ मा तीन जना उम्मेदवार रहेका छन् । त्यस्तै डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा चार जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अछामको मेल्लेक गाउँपालिका–५ को वडाध्यक्षका लागि दुई जना र कञ्चनपुरको पुनर्वास नगरपालिका–३, मा तीन जना उम्मेदवार रहेका छन् ।

सात वडाका लागि हुने उपनिर्वाचनमा १० हजार नौ सय ३७ मतदाता रहेको कैलाली जिल्ला निर्वाचन अधिकारी भट्टले जानकारी दिए । भट्टकाअनुसार सबैभन्दा बढी मतदाता डोटीको आदर्श गाउँपालिका–२ मा रहेका छन् । यस वडामा दुई हजार चार सय ५९ मतदाता छन् । सबै भन्दा कम बैतडीको सुर्नाया–१ मा ६ सय १९ मात्र मतदाता रहेका छन् । त्यस्तै गरी बाजुराको त्रिवेणी नगरपालिका–१ मा एक हजार ३९, बैतडीको दोगडाकेदार–४ मा एक हजार आठ सय आठ, पुरचौडी–४ मा एक हजार नौ सय नौ मतदाता रहेका छन् । यस्तै पुनर्वास–३ मा एक हजार एक सय ९९ र मेल्लेक–५ माएक हजार नौ सय चार मतदाता रहेको जानकारी दिए ।

‘एक मतदान केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी दुई र सहयोगी एक गरी पाँच जना कर्मचारीहरू खटिएका छन्’ भट्टले भने ‘यसरी यस प्रदेशमा ७५ जनाकर्मचारीहरु परिचालन हुनेछन् ।’ प्रत्येक मतदान केन्द्रमा दुई जना स्वयंसेवक स्थानीय व्यक्तिहरूलाई राखिएको भट्टले बताए । १२ मतदाता स्थल र १५ मतदान केन्द्र रहेको छन् ।

एक हजार प्रहरी परिचालन
सात वडाका लागिहुने निर्वाचनमा करिब एक हजार प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महा निरीक्षक तारणी प्रसाद लम्सालले जानकारी दिए । “निर्वाचनको समयमा मतदाताहरूको, मतदान केन्द्रको, उम्मेद्वारहरुको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइएको छ” प्रहरी नायवमहानिरीक्षक लम्सालले भने ‘मतदान केन्द्रको सुरक्षाको मुख्य जिम्मेवारी नेपाल प्रहरीको छ ।’

यस्तै एक मतदान स्थलमा अवस्थाअनुसार ५० देखि एक सयसम्म सशस्त्र प्रहरी रहने लम्सालले बताए । उनले पहिलो घेरामा नेपाल प्रहरी हुने र दोस्रो घेराका सशस्त्र प्रहरी रहने बताए । उनी थप्छन् ‘आवश्यक ठाउँहरूमा जिल्ला सुरक्षा समितिले निर्णय गरी नेपाली सेना पनि परिचालन गर्ने प्रबन्ध मिलाएको छ ।’
लम्साल मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्छन् । प्रहरीले आवश्यकताअनुसार मोबाइल टोली परिचालन गरेको, रिजर्भ फोर्स पनि तयार राखेको प्रहरी नायव महा निरीक्षक लम्साल बताउँछन् । निर्वाचनहुने जिल्ला सँग सीमा जोडिएका अन्य जिल्लाहरूको पनि सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए ।