९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्तिसुरक्षा कायम गर्न सबैलाई सहयोग गर्न गृहमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा शान्तिसुरक्षा कायम गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । एकहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा आज राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उनले नागरिकको स्वतन्त्रता, मानव अधिकारको संरक्षण र संवर्द्धनमा सरकार प्रतिबद्ध रहेको भन्दै सबैलाई यस कार्यमा सहयोग गर्न आग्रह गरेका हुन् ।

गृहमन्त्री थापाले भने, ‘नेपाल ‘समृद्ध नेपाल : सुखी नेपाली’को अभियानमा छ, मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ ।’ उनले मानव अधिकार आयोगले कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेर पठाएका निर्णयहरु केही कार्यान्वयन गरेको र केही कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । गृहमन्त्री थापाले सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउनका लागि ऐन संशोधनको अन्तिम तयारीमा रहेको र छिट्टै ऐन संशोधन हुने विश्वास दिलाए।

आयोगका अध्यक्ष अनुपराज शर्माले बाल विवाह, महिला हिंसा, मानव बेचबिखन यथावत रहेको, पीडितहरूको न्यायमा पहुँच, सरल, सहज र सुरक्षित हुन नसकेको र समाजमा जातीय भेदभाव विद्यमान रहिरहेको बताए ।

आयोगले स्वास्थ्य सेवामा सबैको पहुँच नभएकाले नै संविधान प्रदत्त मौलिक हक अझै सहजरूपमा नागरिकले उपभोग गर्न नसकेको, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, ज्येष्ठ नागरिक, लैङ्गिक अल्पसङ्ख्यकलगायतका तप्कालाई राज्यले विशेष ध्यान दिन नसकेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस